सञ्चारकर्मी लम्साल जनार्दन मैनाली स्मृति पुरस्कारबाट सम्मानित

सञ्चारकर्मी लम्साल जनार्दन मैनाली स्मृति पुरस्कारबाट सम्मानित

बिराटनगर । पुर्ब पत्रकार महासंघका केन्द्रिय सदस्य तथा विराटनगरका सक्रिय सञ्चारकर्मी गणेश लम्साललाई जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट पुरस्कृत तथा सम्मान गरिएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा विराटनगरमा एक समारोहका बिच कानुन मन्त्रि हिक्कमत कार्कीले एक कार्यक्रमको बिच पत्रकार लम्साललाई पुरस्कृत गर्नु भयो ।
लम्साललाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्कत कार्कीले कदर पत्र सहित दोसल्ला ओढाएर नगद १५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गर्नु भएको छ । प्रेस चौतारी मोरगंले स्व. जनार्धन मैनालीको स्मृति दिवसका अवसरमा हरेक वर्ष एकजना पत्रकारलाई सो पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । यसअघि ९ जना पत्रकार पुरस्कृत भइसकेका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रदेश १ को अन्य मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी भएको बताए । उनले विस्तार हुने मन्त्रालयका मन्त्री मण्डल समेत समावेशी हुने जानकारी दिए । प्रदेशमा ११ वटा मन्त्रालय बनाउने तयारी गरिएको उनको भनाई छ । ‘मन्त्रालय बढाउने विषयमा संघिय सरकारलाई समेत जानकारी गराएको छौं,’ उनले भने । मन्त्री कार्कीका अनुसार प्रदेशको राजधानी र नाम राख्ने अन्तिम तयारी भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.