अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको सिमनामा दुर्घटनाग्रस्त

अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको सिमनामा दुर्घटनाग्रस्त

काठमाडौ । अल्टिच्युड एयरको हेलिकोप्टर गोर्खाबाट कामठमाडौ आउने क्रममा नुवाकोटको सिमनामा दृर्घटनाग्रस्त भएको छ । जसमा चालक दल सहित बिरामी बोकेको सात जना सवार रहेको खुलेको छ ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले जानकारी गराएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो । उनीहरुको अवस्था कस्तो छ भन्ने खुलिसकेको छैन । अल्टिच्युड एयरका सिताराम सापकोटाले जानकारी गराए अनुसार ‘हामी घटनास्थल पुगिसकेका छैनौं । कसको अवस्था कस्तो छ अझै भन्न सकिने अवस्था छैन ।’
नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले भने,‘दुर्घटना नुवाकोटको बसुन्चेतमा भएको आशंका गरिएको छ । एकदम भिरालो ठाउँ र एकदम हुस्सु लागेकोले त्यहाँ पुग्न कठिन छ । प्रहरी टोली त्यसतर्फ जाँदैछन् । घटनाको विवरण आइसकेको छैन’, उनले भने । यता काठमाडौंबाट उद्धारका लागि आएको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा काठमाडौं फर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.