सशस्त्रले ५ लाख बराबरको बरामत गरिएको ७ केजी चादीका गरगहना भन्सार बुझायो ।

सशस्त्रले ५ लाख बराबरको बरामत गरिएको ७ केजी चादीका गरगहना भन्सार बुझायो ।

बिराटनगर । सशस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती सुरक्षा ९ नम्बर गुल्म रानीको गस्ती टोलीले बिभिन्न प्रकारका चादीका गरगहना बिभिन्न स्थानबाट ७ किल्लोग्राम बरामत गरी भन्सार बुझाएको छ । सो को भन्सार मुल्य करिब ५ लाख हुन आउनेछ ।

विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट भारतको अररिया जिल्ला जोगवनी स्थायी घर भएका ४० वर्षीय बलराम सिंहले भारतीय मोटरसाईकल बि.आर. ११ डब्लु. ४९४६ नम्बरको हिरो सुपरस्पेन्डर प्रयोग गरी ज्याकेटका रुपमा 20180822_191102शरिरमा लुकाई छिपाई ल्याएको अबस्थामा सशस्त्र प्रहरी बल रानीबाट खटिई गएको सहयाक निरीक्षक मनोज कुमार चौधरीको नेतृत्वले बरामत गरेको हो ।

यसैगरी ३ नम्बर ढाटबाट २ केजी चांदी हुलाक काग्रो सामा्रगी भित्र लुकाई ल्याएको र ५ केजी चांदी मोटरसाईकलमा लुकाई छिपाई ल्याएको हुनाले गस्तीका क्रममा सो सामान बरामत गरी भन्सार समेत बुझाईसकिएको सशस्त्र प्रहरी वल भन्सार गस्ती रानीका डीएसपी सुरेन्द्रराज रन्जितले बताउनु भयो ।
चाँदीका गरगहना तस्करी गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका सिंहका साथबाट चाँदीका २० वटा औंठी, ८२ वटा हातमा लगाउने पञ्जा, १५ जोडी पाउजु, ६० वटा सिक्री, पुरुषले लगाउने ५५ वटा ब्रासलेट र महिलाले लगाउने ४५ वटा ब्रासलेट बरामद भएको डीएसपी रन्जितले बताउनु भयो । यसरी भारतबाट लुकाई छुपाई ल्याईएको चांदी बिराटनगर आउछ वा अन्य शहरमा लगिन्छ त्यस तर्फ प्रहरीको अनुसन्धान जानु जरुरी देखिन्छ । भरिया त बोक्ने मात्र हुन् तर त्यसका मालिक पक्राउ नफर्नु दुःखको कुरा भएको स्थानीयहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.