लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे नेतृत्व विकास तालिम

लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे नेतृत्व विकास तालिम

बिराटनगर ।  विरटनगर लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

लाइन्स क्लब अफ ग्लोबलको आयोजनामा कामी एकता समाज र नेपाल मुस्लीम यूथ कमिटिको सहकार्यमा एसइइ देखि ब्याचलर लेभलका विद्यार्थीहरुलाई लक्षित गरि एक दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको हो । तालिममा १०३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रमका प्रमुख अतिथि संसदिय दलको नेता जयराम यादबले तालिमले ब्यक्तिबाट ब्यक्तित्व बनाउन भुमिका खेल्ने भन्दै सहभागीहरुको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताउनु भयो । यस्तै लाइन्स कल्ब अफ ग्लोबलका प्रेसिडेन्ट लाइन्स सतार अन्सारिले लक्षीत बिद्यार्थीहरुको नेतृत्व विकास निमित्त कार्यक्रमको आयाजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता तालिम लाई निरन्तरता दिने बताउनु भयो ।

पत्रकार तथा तालिम प्रशिक्षक सोनुकुमार दासले तालिम सफल हुनुमा सहभागीहरुकै सक्रियता महत्वपुर्ण भएको बताउनु भयो । दासले सहभागीहरुको भित्र रहेको प्रतिभा लाई तालिमको माध्याम बाट बाहिर ल्याउने काम गरेको बताउनु भयो । यस्तै प्रशिक्षक अफसर अलि खान र शिता यादबले आफुले भने जति गर्न नसके पनि सके जति गर्न सहभागीहरु लाई आग्रह गर्नुभयो । कार्यक्रममा काउमी एकता समाजका अध्यक्ष इरसाद आलम , नेपाल मुस्लीम यूथ कमिटिका सचिव इमाम हैदरले लगायतले बोल्नु भएको थियो । सहभागीहरुले तालिमले आफुहरु लाई सिक्ने भोक जगाएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.