फिफा विश्वकप : ३ दिन बाँकी!

फिफा विश्वकप : ३ दिन बाँकी!

एजेन्सी – विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०१८ सुरु हुन अब ३ दिन बाँकी छ । सन् २०१० को विश्वकप विजेता स्पेनले यसपटक पनि उपाधिमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ ।

स्पेनिस टोलीले सन् २०१० मा उपाधि जित्दा जेरार्ड पिके टोलीका नियमित सदस्यका रुपमा स्थापित भइसकेका थिए । ८ वर्ष बितिसक्दा पनि पिकेको भूमिका भने फेरिएको छैन । यसपटक पनि उनि विपक्षीको आक्रमण निस्तेज पार्न स्पेनको रक्षात्मक पंक्तिको मुख्य भागमा रहने छन् । क्लबबाट गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग अवधिभर एक खेल मात्र हारेको बार्सिलोनाको महत्त्वपूर्ण सदस्य पिकेले सोहि लयलाई कायम राख्ने सोच बनाएका छन् ।

स्पेनले पहिलो खेलमै चिर परिचित प्रतिद्वन्द्वी पोर्चुगलको सामना गर्नेछ । भौगोलिक हिसाबले छिमेकी राष्ट्र पोर्चुगलमा पनि अनुभवी डिफेन्सको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ । पूर्व रियल म्याड्रिड डिफेन्डर पेपे यसपटक पनि टोलीमा अटाएका छन् र पहिलो रोजाइमा पर्ने लगभग पक्का छ । उनलाई जोआओ क्यान्सेलो र राफेल गुरेरो जस्ता युवा खेलाडीले डिफेन्समा सहारा दिनेछन् ।

स्पेन र पोर्चुगल दुवै टोली यस विश्वकपमा उपाधि दावेदारको रुपमा हेरिएका टोली हुन् । विश्वकप उपाधि जित्ने लक्ष्य बोक्दा सुरुआती खेलको नतिजाले निकै महत्त्व राख्छ । त्यसैले दुवै टोली अधिकतम ३ अंक जोड्दै विश्वकप सुरुआत गर्ने सुरमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.