एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कि नलिने भन्ने विश्वकप फुटबलपछि नै निर्णय लिने बताएका छन् । यसअघि पनि विश्वकपमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए ।
तर अर्जेन्टिनाका राष्ट्रपतिदेखि समर्थकको दबाबपछि उक्त निर्णय फिर्ता लिएका थिए । अहिले भने उनले अब विश्वकपपछि नै उक्त निर्णय लिने या नलिने निर्णय गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।