कार्यकारी राष्ट्र्रपति हुने हल्ला निराधार हो– पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहाल

कार्यकारी राष्ट्र्रपति हुने हल्ला निराधार हो– पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहाल

बिराटनगर । नेकपाका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहालले कार्यकारी राष्ट्र्रपति अहिलेको सरकारको एजेण्डा नभएको तर पछि हुने चुनाबमा बहस तथा छलफल हुन सक्ने मात्र भएको बताउनु भएको छ ।
आज बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै आजको आबश्यकता भनेको जनताप्रतिको समृद्धि नै हो, बिकास गर्नु नै हो तर कार्यकारी कुरा त पछि चुनाबमा हुने एजेण्डा हो यसलाई अन्यथा नबुझिदिन अध्यक्ष दाहालले अनुरोध गर्नु भयो । २ न.ं प्रदेशमा बाम गठबन्धनको सरकार तुरुन्तै बन्ने छैन् । फोरम र राजपा बिच आपसी कुरो मिलेन भने सरकार बन्ने प्रकिया अनुसार नै बन्नेछ । यस तर्फ हाम्रो ध्यान गएको छैन् – अध्यक्ष दाहालले बताउनु भयो । ५ बर्ष पछि प्रचण्ड कार्यकारी राष्ट्रपति हुने हल्ला, हल्ला मात्र भएकोले यस पछि नलाग्न सन्चारकर्मीहरुलाई दाहालले आग्रह समेत गर्नु भयो । सत्यनिरुपन आयोगले सोच अनुरुपको काम गर्न नसकेका हुनाले सरकारले यस तर्फ ध्यान दिन जरुरी रहेको समेत उहांले बताउनु भयो । ठेक्का पटटामा हुने एकाधिकार तोडनु पर्छ त्यस तर्फ सरकार लागि परेको छ । प्रदेश सरकारको पहिलो चोटी हामीले अभ्यास गर्दैछौ केही जटिल आउन सक्छ तर कुनै शंका गर्न नहुने अध्यक्ष दाहालले बताउनु भयो । उद्योग संगठन मोरगंमा हुने कार्यक्रममा उहां सहभागि हुनका लागि बिराटनगर आउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.