कुस्तीमा मध्यमाञ्चललाई ६ स्वर्ण प्राप्त

कुस्तीमा मध्यमाञ्चललाई ६ स्वर्ण प्राप्त

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत कुस्तीमा मध्यमाञ्चलले बिहीबार सर्वाधिक ६ स्वर्ण जितेको छ । पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको कुस्तीमा ८ स्वर्णका लागि भिडन्त भएको थियो । पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ स्वर्ण बाँडे ।
सिराहमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा रामबाबु यादव, ६१ केजीमा जयमंगल यादव, ६५ केजीमा सरोजबाबु यादव, ७४ केजीमा मुक्तार आलम, ९७ केजीमा सुमिरकुमार साह तथा १२५ केजीमा सत्येन्द्रप्रसाद यादवले मध्यमाञ्चललाई स्वर्ण दिलाए । रामबाबुले प्रहरीका भग्वत साह, जयले पश्चिमाञ्चलका श्याममिलन दूरी, सरोजले पूर्वाञ्चलका सुरेशकुमार यादव, मुक्तारले पश्चिमाञ्चलका मुनेश्वर यादव, सुमिरले मध्यपश्चिमाञ्चलका कमरुद्धिन मिया तथा सत्येन्द्रले पूर्वाञ्चलका नागेन्द्र यादवलाई पछि पारे ।
७० केजीमा पश्चिमाञ्चलका वैजनाथ यादवले प्रहरीका दिपेश राउतलाई पराजित गरी पहिलो स्थान हात पारे । मध्यपश्चिमाञ्चलका रमेश गोतमेले पूर्वाञ्चलका विसनदेव यादवलाई निराश पार्दै ८६ केजीमा च्याम्पियन बने ।
तीनदिनसम्म चलेको कुस्तीमा पाँच विकास क्षेत्र, प्रहरी र आर्मीका ५५ खेलाडीले ८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको कुस्ती मुख्य प्रशिक्षक खगेन्द्र बस्नेतले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.