तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन

तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन

बिराटनगर  । तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन भएको छ ।
अशोक चौधरीको अध्यक्षतामा ७ सदस्य रहेको जिल्ला कार्यासमिती गठन भई मोरगं जिल्लामा बिभिन्न कार्यक्रम सन्चालन गर्ने भएको छ । ४ बर्ष देखि नै मोरगंलाई कार्यक्षेत्र बनाएर साना तिना कृयाकलाप गर्दे आइरहेको यो संघले 789बिधिबत दर्ता गरेको थिएन् । स्थानीय जिल्ला प्रशासन कार्यालय मोरगंमा यही बैशाख १५ मा सबै प्रकिया सम्पन्न गरीएको अध्यक्ष अशोक चौधरीले जानकारी गराउनु भयो ।

कार्यसमितीको उपाध्यक्षमा खड्ग बहादुर दाहाल, सचिबमा लोक बहादुर गिरी, कोषाध्यक्षमा किशन चौधरी, सदस्यहरु आकृति भण्डारी , देव कुमार राजबंशी रहेका छन् भने दुई जना कार्यसदस्य पछि थपिने भएका छन् ।
खेलकुदको माध्यमबाट आदर्श चरित्र समाज निर्माण गर्न सकिने भएको हुनाले स्वास्थ्यका लागि खेलकुद, शान्तिका लागि खेलकुद मुलमन्त्र रहेको यो तगं–ईल–मो–दो संघले आत्मरक्षा, स्वास्थ्य जिवन र अध्यात्मिक अनुशासन नै मानिसको त्रि–पिलर रहेको बताउदै आएको छ ।
तगं–ईल–मो–दो संघको केन्द्रिय कार्यालय काठमाडौमा छ भने देशका बिभिन्न ४० जिल्लामा यसको शाखा बिस्तार भैसकेको छ । प्रदेश नं. १ को प्रदेश प्रमुख अशोक चौधरी रहेका छन् । चौधरी यस संघको केन्द्रिय सदस्य पनि हुन् । यसै गरी प्रदेश प्राविधिक इन्चार्ज प्रकाश श्रेष्ठ छन् भने मोरगं जिल्ला प्रशिक्षक किशन चौधरीले जिम्मेवारी सम्हालेका छन् । मोरगं जिल्ला खेलकुद समिती संघ मिलेर बिभिन्न खेलकुदका कार्यक्रम गर्ने योजना रहेको प्रदेश प्रमुख तथा जिल्ला अध्यक्ष अशोक चौधरीले बताउनु भयो ।

233

बिराटनगर महानगरपालिकाको वार्ड न. ३ मा ५० जना, वार्ड नं ४ मा ३० जना र बुढीगंगा गाउ पालिकामा ३० जना खेलाडीहरुलाई मार्सल आर्ट तालिममा प्रशिक्षण दिइरहेको जिल्ला प्रशिक्षक किशन चौधरीले बताउनु भयो । यस संघको आगामी असार महिनाको पहिलो साता काठमाडौमा केन्द्रिय अधिबेशन हुदैछ । जस्मा मोरगं जिल्लाबाट २ जना प्रतिनिधी भाग लिन जानका लागि जिल्ला खेलकुद समिती मोरगंले सिफारिस गरे प्रतिनिधीहरुले सो अधिबेशनमा भाग लिनु पाउनेछन् । अन्य जिल्लाबाट पनि यसै प्रकियाबाट प्रतिनिधी आउने प्रदेश नं.१ का प्रदेश प्रमुख अशोक चौधरीले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.