नेपालको पुर्बी क्षेत्रका कलाकारहरुको बेजोड़ प्रस्तुति

नेपालको पुर्बी क्षेत्रका कलाकारहरुको बेजोड़ प्रस्तुति

बिराटनगर । जी. एण्ड. जी. प्रोडक्सनले फेरी अर्को नयां ‘ज्योतिष हाउगुजीनेस’ नामक सर्ट फिल्म यूटुव मार्फत् रिलिज गरेको छ ।
मोफसलमा रहेर पनि चलचित्रकोे क्षेत्रमा त्रियाशिल यूवा अनोज गौतम र सुजन दाहालले एक पछि अर्को गर्दै सर्ट फिल्मको निर्माण गरेका हुन् । समाजमा रहेका विकृति विसंगतीलाई जस्ताको त्यस्तै चलचित्रमा उतार्ने काम द्धय कलाकारले गरेका छन् । समाजमा घटीरहेका घटना, मानवीय स्वभाव र चरित्रलाई सर्ट फिल्मको पर्दा मार्फत् दर्शक सामु पु–याउनु हाम्रो लक्ष्य रहेको फिल्म निर्देशक अनोज गौतमले बताएका छन् । सामाजिक परिवेश र रहनसहनमा आधारित भएर मूभी तयार गरिरहेको र यस्ता मूभीले हरेक दर्शकको मन छोइरहेको बताउने निर्देशक गौतमको समुहले यस अधि ‘ल्याङल्याङे देउसी‘ र ‘बेरोगारी लभ’ जस्ता रुचाइएका सर्ट फिल्म निर्माण गरीसकेको छ । चलचित्र निर्माणको क्षेत्रमा विशेष अभिरुची र लगाव रहेका निर्दैशक गौतम चलचित्रको क्षेत्रमा कार्य गर्न चुनौति धेरै रहेको थाहा पाउदा पाउदै पनि आफना टिमलाई अगाडि बढाई भविश्यमा केही गरौ भन्ने उदेश्यका साथ लागि रहेको बताएका छन् ।
वर्तमान समय इन्टरनेटको समय भएकाले यूटुभ मार्फत विश्वभरका दर्शकले हेर्न मन पराउने त्यसमा पनि दैनिकको व्यस्तताले गर्दा लामा पट्यारलाग्दा चलचित्र हेर्न समय नपाउने दर्शकले यस्ता सर्ट फिल्म मार्फत् छोटो समयमा भरपुर आनन्द लिन सक्ने अर्का कलाकार तथा प्रोडक्सन कन्ट्रोलर सुजन दाहालले बताएका छन् । यस अधि केही म्युजिक भिडियो र विज्ञापनमा आफ्नो कला तथा मोडलिङ प्रस्तुत गरिसकेका कलाकार सुजन एक आशालाग्दा मोफसलका उदयमान कलाकार समेत हुन । सर्ट फिल्मको बढ्दो क्रेजसंगै दर्शकका लागि नयां नया रोचक तथा घोचक सर्ट फिल्म भविश्यमा पस्कदै जाने तथा आर्थिक पक्ष दरिलो बनाउने, कलाकारहरुको टिम खडा गर्ने साथै सर्ट फिल्म पनि स्थापित विधा हो र यसको बजार विश्वभरी छ भन्ने कुरा बुझाउन आवश्यक रहेको कलाकार दाहालले बताएका छन् । ‘ज्योतिष हाउगुजीनेस’ फिल्मको कलाकारमा बर्षा न्यौपाने, सम्झना आचार्य, सविन चौधरी, केशव रिजाल र रविन पोखरेल रहेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *