सूचना अधिकार क्षेत्रमा कार्यरत अभियन्ता तथा सञ्चारकर्मीलाई पुरस्कार प्रदान

सूचना अधिकार क्षेत्रमा कार्यरत अभियन्ता तथा सञ्चारकर्मीलाई पुरस्कार प्रदान

सूचना अधिकारको क्षेत्रमा पुरयाउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले ती पुरस्कार दिने निर्णय गरेको हो ।
पुरस्कृत व्यक्ति तारानाथ दाहालले सूचनाको हकसम्बन्धी ऐन ल्याउन, आयोग बनाउन तथा यसलाई प्रचलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाले ठूला करदाताको भ्याट छलीसम्बन्धी सूचना खुलाउन सरकारलाई बाध्य पार्नुभएको लगायतका अभियानको नेतृत्व गर्नुभएको थियो । दाहाल नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।
त्यस्तै अर्का पुरस्कृत व्यक्ति राजु श्रेष्ठले मोरङ तथा १ नम्बर प्रदेशमा रही विभिन्न कार्यालय तथा निकायमा दुई सयभन्दा बढी निवेदन दर्ता गरी सूचनाको हकको ऐन कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
अधिकतम खुला र पारदर्शी बनाई विधिको शासन स्थापित गर्ने अस्त्रको रूपमा सूचनाको हक एक सशक्त माध्यम हो । विश्वका सयभन्दा बढी मुलुकले यसलाई प्रजातन्त्रको प्राणवायुको रूपमा प्रयोग गर्दै आइरहेका छन् । नेपालमा पनि नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्नका लागि विभिन्न अभियन्ताले काम गर्दै आएको सन्दर्भमा त्यस्ता अभियन्ताहरूलाई थप प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले रु.७ लाखको अक्षयकोष वि सं. २०७३ सालमा खडा गरेको हो । उक्त कोष सूचनाका अधिकारकै क्षेत्रमा कार्यरत विराटनगर–११ निवासी केदार बस्नेतले  दिवगंत पत्नी षष्टिका बस्नेतको नाममा स्थापना गर्नुभएको हो । कोषले यसअघि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७३ बाट सूचना अधिकार क्षेत्रका अभियन्ता विनय कसजूलाई सम्मानित गरेको थियो ।
पुरस्कार हरेक बर्ष चैत्र १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा विराटनगरमा प्रदान गरिन्छ । शाखाले यसै बर्षदेखि रु.११,१११/– राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार–२०७४ को स्थापना गरेको हो । यो पुरस्कार १ नम्बर प्रदेशमा सूचना अधिकार क्षेत्रमा कार्यरत अभियन्ता/सञ्चारकर्मीलाई प्रदान गरिने नीतिअनुरुप पहिलो पटक विराटनगरका राजु श्रेष्ठलाई दिने निर्णय गरिएको हो ।
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *