सिरिया आक्रमणको निन्दा – पहिलो पाइला नेपाल बिराटनगर

सिरिया आक्रमणको निन्दा – पहिलो पाइला नेपाल बिराटनगर

बिराटनगर | सिरिया आक्रमणको क्रममा मारीएका मृतक आत्माको शान्तिको कामना गर्दै पहिलो पाइला नेपालले विराटनगरकाे बरगाछिमा दिप प्रज्वलन गरेको छ । मंगलबार साझ गरिएको दिप प्रज्वलनमा संस्थाका पदाधिकारीहरू लगायत अन्य विभिन्न युवाव्यक्तित्व हरूको पनि उपस्थिति रहेको थियो ।28547353_1716074248413906_590426156_o-2
सिरियामा भएको आतंकवादि हमलाले पुर्याएको भौतिक तथा शारीरिक क्षतिप्रति निन्धा ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना र घाईतेको शिघ्र स्वास्थ लाभको कामना गर्दै पहिलो पाइला नेपालको देशब्यापि दिप प्रज्वलन कार्यक्रम अन्तर्गत विराटनगर शाखाले पनि दिप प्रज्वलन गरेको हो ।शान्तिको अग्रदुत गौतम बुद्धको जन्मभुमी बाट बिश्व सामु शान्ति को शन्देश फैलाउदै मानवता अझै मरेको छैन भन्ने सकारात्मक सन्देश सिरियाली जनता सामु पुर्याउने उदेश्य ले उक्त कार्यक्रम गरिएको पहिलो पाइला नेपाल का पुर्वाञ्चल संयाेजक सुमन खड्काले बताउनुभयो ।
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *