तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन पुल निर्माणको काम रोकियो

तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन पुल निर्माणको काम रोकियो

तमोर नदीको लुम्वुघाटमा निर्माणाधीन तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणको काम रोकिएको छ । निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेको जनगुनासो आएर दुवै जिल्लाका जनप्रतिनिधीले पुलको स्थलगत अनुगमन गरेका थिए । पुलमा प्रयोग गरिएका सामग्रीको ल्याव टेष्ट रिपोर्ट नआउन्जेलसम्म काम रोक्न जनप्रतिनिधीले निर्माण कम्पनीलाई निर्देशन दिए पछि काम रोकिएको हो ।    पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बसन्तकुमार नेम्वाङ सहितको जनप्रतिनिधी र तेह्रथुमबाट म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्वाहाम्फे नेतृत्वको टोलीले फरक फरक मितिमा पुलको स्थलगत अनुगमन निरीक्षण गरेका थिए । ३ वर्षमा काम सम्पन्न गर्नेगरी ५ वर्ष अघि ठेक्का सम्झौता गरेको भएपनि अहिलेसम्म ४० प्रतिशत पनि काम पुरा नभएको सडक डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले बताउनुभयो ।  पुल निर्माणका लागि १५ करोड ३६ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । पुलले पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.