सर्वोच्चमा निर्वाचन विवाद

सर्वोच्चमा निर्वाचन विवाद

निर्वाचन बदर माग गर्दै संखुवासभामा कांग्रेसका दीपक खड्का, धनुषामा ३ माओवादी केन्द्रका रामसिंह यादव र तनहुँमा कांग्रेसका प्रदीप पौडेलले  रिट दायर गरेका छन् ।सर्वोच्च अदालतमा प्रतिनिधिसभा निर्वाचन र नतिजा घोषणाबाट असन्तुष्ट उम्मेदवारहरू जाने क्रम बढेको छ । यस्ता निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा झिकाएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले  धनुषा ३ को विवादमा  निर्वाचन आयोग र रिट निवेदकलाई छलफलमा डाकेको छ । उक्त क्षेत्रमा पराजित माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले रिट दर्ता गराएका हुन् । यादवले तेस्रो स्थान ल्याएको धनुषा ३ मा कांग्रेस उम्मेदवार विमलेन्द्र निधि निकटतम प्रतिद्वन्द्वी हुन् । सर्वोच्चले अन्तरिम आदेशको छलफलमा दुवै पक्षलाई बोलाएको छ ।

माओवादी केन्द्रका रामसिंह यादवले रिटमा यादवले मौन अवधिमा स्थानीय टेलिभिजन र अनलाइनले वाम गठबन्धनका तर्फबाट  राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्ने झूटो समाचार प्रवाह गरेकाले आफू पराजित भएको दाबी गर्दै निर्वाचन बदरको माग गरेका छन् । तनहुँको निर्वाचनमा पनि मतगणनामा धाँधली भएको भन्दै परेको रिटमा सर्वोच्चले दुवै पक्षलाई झिकाएको छ । कांग्रेस उम्मेदवार प्रदिप पौडेलले दायर गरेको रिटमा मतगणनामा धाँधली भएको भन्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएका छन् ।   सर्वोच्चको संवैधानिक इजलासमा संखुवासभाको मतगणना विवाद पनि  पुगेको छ । कांग्रेस उम्मेदवार दीपक खडकाले मतगणनामा स्वच्छता नभएको भन्दै रिट दर्ता गराएका थिए । संवैधानिक इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न र अन्तरिम छलफलमा उपस्थित आदेश दिएको तथा निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायत कागजात झिकाउनसमेत आदेश दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.