वाम गठबन्धन विरुद्ध भारतमा लविङ्ग, कम्यूनिष्टलाई भोट नदिन नेपाली कामदारमाथि दवाव

वाम गठबन्धन विरुद्ध भारतमा लविङ्ग, कम्यूनिष्टलाई भोट नदिन नेपाली कामदारमाथि दवाव

विराटनगर । भारतमा काम गर्न गएका नेपाली कामदारलाई भारतीयहरुले नेपालमा हुन लागेको आसन्न निर्वाचनमा वाम गठबन्धनलाई भोट नहाल्न दवाव दिन थालेका छन् ।
नेपालमा कम्यूनिष्ट शासन आउन सक्ने भन्दै भारतीयहरुले नेपाली कामदारलाई प्रजातान्त्रिक पार्टीको रुपमा नेपाली कााग्रेस र मधेशवादी दलमध्ये राजपालाई मात्र भोट हाल्नुपर्ने शर्त तेर्‍याउादै दवाव सिर्जना गरेको त्यहाा कार्यरत नेपाली कामदारहरुले गुनासो गरेका छन् ।
पूर्वी पहाडी जिल्लाबाट रोजगारको शिलशिलामा भारतको, बैङ्लोर, गुजरातमा पुगेका विभिन्न काम गरिरहेका नेपालीमाथि दवाव सिर्जना गर्दै शर्त तेर्‍याएर मात्र चुनावमा भोट हाल्न आउने विदा दिने गरिएको गुजराजमा काम गर्दै आएका नेपाली कामदारले बताएका छन् ।
इलामको रोङ गााउपालिका–१ स्थित शान्तिपुर सिरिशेका पदम विलासीका अनुसार भारतीय जनता पार्टीले नेपालमा भएको वाम गठबन्धन विरुद्ध पुरै नकारात्मक प्रचार सुरु गरेको छ । गुजरातको अहमवादस्थित कावाबीस होटलमा काम गर्दै आउन भएका बिलासी इलाम रोङ गाउापालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका सक्रिय कार्यकर्ता समेत हुनुहुन्छ ।
उहाासहित त्यहाा कार्यरत नेपालीहरुलाई लोकतान्त्रिक गठबन्धनको रुपमा रहेको नेपाली कााग्रेस र मधेशमा रहेको राजपालाई भोट हाल्नुपर्ने भन्दै भारतीय जनता पार्टीका नेताहरुले नेपाली मजदुरहरुलाई भन्ने गरेका हुन् । होटल तथा अन्य विभिन्न उद्योगमा कार्यरत नेपाली मजदुर सामु शर्त तेर्‍साएर मात्र नेपाल आउने बिदा दिने अवस्था सिर्जना हुादै गएको बिलासीले बताउनुभयो ।
‘दिदैंन भारतले वाम गठबन्धनलाई जित्न, यहाा काम गर्ने नेपाली कामदारमाथि भोट नहाल्न भन्दै चौतर्फी दवाव सिर्जना गरिरहेको छ’ विलासीले भन्नुभयो–कम्यूनिष्ट शासन आउाछ भनेर गलत प्रचार गरिरहेका छन् ।
भोट हाल्न घर फर्कन चाहने नेपालीलाई समेत शर्त राखेर मात्र फर्काउन थालिएको बताइएको छ । कामदारमाथि चौतर्फी दवाव सिर्जना गरिएका कारण कतिपयले घरमा फोन समेत गर्न थालेका छन् । कम्यूनिष्टहरुले जिते कामबाट निकाल्न सक्ने चर्को दवाव दिएपछि कतिपय नेपाली कामदार भने चिन्ता समेत रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.