विराटनगरलाई राजधानी बनाउन संघर्ष गर्ने :– क्षेत्र.४ का प्रतिनिधी सभा उम्मेदवार मोदी

विराटनगरलाई राजधानी बनाउन संघर्ष गर्ने :– क्षेत्र.४ का प्रतिनिधी सभा उम्मेदवार मोदी

विराटनगर । निवर्तमान सांसद तथा मोरंग क्षेत्र नम्वर ४ का उम्मेदवार अमनलाल मोदीले विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताउनु भएको छ ।
जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको भन्दै उहााले भन्नुभयो,‘ सहिद हुनु परे पनि होउला ।’ प्रेस चौतारी मोरंग र प्रेस सेन्टर मोरंगको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजित पत्रकारसाग उम्मेदवार कार्यक्रममा उम्मेदवार निधिले विराटनगर विमानस्थललाई अन्र्तराष्ट्रिय स्तरको बनाईने बताउनुभयो । ४–४ पटक मन्त्री भईसकेका व्यक्तिले क्षेत्र नंवर ४ को विकास नगरेको भन्दै उहााले जनता आफ्नो पक्षमा बताउनुभयो ।
५ वर्ष भित्रमा क्षेत्र भित्रका सम्पूर्ण सडकको स्तरोन्नती गरिसक्ने उहााको भनाई छ । स्थानीय पर्यटकीय स्थलहरुको विकास गर्ने आफ्नो प्राथमिकता भित्र रहेको मोदीले बताउनुभयो । कार्यक्रममा क्षेत्र नं ४ ख का उम्मेदवार जीवन घिमिरेले प्रदेश सभा मार्फत विराटनगरलाई राजधानी बनाउन भूमिका खेल्ने बताउनुभयो ।
प्रदेश नं १ को राजधानी विराटनगर बाहेक अन्यत्र हुनै नसक्ने उहााले बताउनुभयो । उहााले भन्नुभयो,‘ विराटनगरलाई राजधानी बनाउनका लागि जीवन मरणको लडाई लड्न तयार छु ।’ उहााले विराटनगरमा व्यवस्थित बधशाला निर्माण, कृषि बजारको निर्माण, रिङरोडको निर्माण सम्पन्न गर्ने लगायतका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । क्षेत्र नं ४ क का उम्मेदवार विजय विश्वासले कृषिमा यान्त्रीकरण र यूवा स्वरोजगार आफ्नो मुख्य एजेण्डा भएको बताउनुभयो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *