मोरङ क्षेत्र नं.३ मा ढकाल राजनीतिक आवश्यकता तर खतरा छन् शुनिल !

मोरङ क्षेत्र नं.३ मा  ढकाल राजनीतिक आवश्यकता तर खतरा छन् शुनिल !

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा आसन्न निर्वाचनले मोरङलाई छपक्कै छोपेको छ । मतदाता संख्यामा देशभरमै अगाडी, चुनावी परिणाम र महत्वका हिसाबले तरङ्गित मानिने मोरङमा संघीय प्रतिनिधिसभा ६ र प्रदेशसभाका १२ निर्वाचन क्षेत्र छन् । उमदेवारहरु घरघरमा मतदातासम्म पुगिरहादा समर्थकबीच भने आफ्नाले जीत निकाल्ने ‘बाजी’ थाप्ने काम भईरहेको छ । sss
मोरङका अधिकांश निर्वाचन क्षेत्रमा राजनीतिमा आवद्ध रहेका उमेदवारबीचको प्रतिस्प्रर्धाको चुनाव हुादैछ । त्यसको विश्लेषण र चर्चा समेत राजनीतिक रुपमै भईरहेको छ । राजनीतिमै समाहित नेतृत्वबीचको चुनावी रौनकले फरक आस्था भएका पार्टीका कार्यकर्तामा दुरी बढाउने असमझदारी देखिदैन । तर, मोरङको क्षेत्र नम्बर ३ मा भने नेपाली राजनीतिका अगुवा र राजनीतिलाई बुझ्न पनि नसकेका अर्का अगुवाबीच हुने प्रतिस्प्रर्धाले निक्कै चर्चा कमाएको छ ।
निर्वाचनमा राजनीति इमान्दारिताले मात्र काम नगर्ने देशका जनतासाग कहिलेकााहि राजनीति नबुझेकै अगुवाले खेलवाड गरिदिन सक्छन् । राजनीति बुझेका अगुवाले समग्र राजनीति प्रणाली र त्यसले तय गर्ने योजनालाई सम्बन्धित क्षेत्र र देशका जनता सामु समान वितरणसाग सोचेर भनिरहेका हुन्छन् भने नबुझ्ने अगुवाले मतदातासम्म पुगेर ‘हगुवा’ गफ चुटिरहेका हुन्छन् ।
सन्दर्भ मोरङको क्षेत्र न.–३
राज्य पुर्नसंरचनामा मोरङ ३ नम्बर निर्वाचन क्षेत्र निर्धारण हुादै गर्दा सबै राजनीतिक दलहरुले स्थानीय तहमा पार्टीले आधारभूत रुपमा पाएको मतको यकिन सुरु गरे । त्यो यकिनले एउटा निष्कर्ष निकाल्यो । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रमा कम्यूनिष्ट पार्टीको मत बढी छ । त्यहाा सबैभन्दा सहज रुपमा नेकपा एमालेका उमेदवारको जीत हुन्छ । नेपाली कााग्रेसले निकालेको निष्कर्ष पनि यहि थियो । वाम गठबन्धन हुनु अगाडी नै एमाले अगाडी रहेको उक्त क्षेत्रमा गठबन्धनपछि झनै अगाडी आयो । अहिले त्यहााबाट वाम गठ बन्धनका उमेदवार भानुभक्त ढकाल भर्सेस कााग्रेसका शुनिल शर्मा मैदानमा देखिएका पात्र हुन् ।
दुवै पात्र उभ्याएर विश्लेषण गर्ने हो भने ढकाल नेपाली राजनीतिका अगुवा र शर्मा नेपाली राजनीति बुझ्न नचाहने र नबुझेका अगुवा । यति हुादाहुादै पनि त्यहि क्षेत्रको चर्चाले महत्व पाउनुमा मतदाताको विवेक खल्बल्याउने खतरासाग जोडेर गरिने विश्लेषणलाई लिइन्छ । त्यस क्षेत्रको उमेदवार बनेर आएका ढकाल नेपाली राजनीतिको आवश्यकता हुन् शर्मा नेपाली राजनीतिका ‘बाई प्रोडक्ड’ पात्र मात्र । यो मतदाताको विवेकले बुझ्नु पर्ने कुरा हो । तर,चानचुने हैनन् सुनिल शर्मा
आफ्ना लागि धुर्त बुद्धीमा माहिर मानिने नेपाली कााग्रेसका शर्मा अहिलेसम्म ठूलै हतकण्डा मच्चाउन सफल मानिएका छन् । उनको बाल्यकालदेखिको जीवनीको सारसंक्षेप अध्ययन गर्ने हो भने जसको बुई चढ्यो उसैलाई सिध्याउने खेलका सफल रचनाकार मानिन्छन् । माओवादी आन्दोलनको एउटा कालखण्डमा नेपाली कााग्रेस निकट मोरङ इटहराका कृष्ण बैठाको सफायादेखि, शान्तिप्रक्रियापछि माओवादीमै संलग्न भएर डा. ज्ञानेन्द्र गिरीमाथिको मारपीट काण्ड, आफ्नै अस्पताल परिसरमा बम राखेर आफ्नै साझेदार डा.ज्ञानेन्द्र कार्की तर्साउनेसम्म योजनाका सफल योजनाकार । अझै गहन कुरा त ‘नोमिनल शेयर’ बाट प्रवेश गरेको व्यक्तिले आफ्नै नाममा अस्पताल ल्याउन सक्ने तिकडम ।
कस्तो होला सनिल शर्माको जीवन
शर्माले एसएलसी समेत उत्तिर्ण नगरको समयमा इटहराका कृष्ण बैठाले भारतीय साना हतियारको कारोबारीसाग सम्पर्क गरेका थिए । बैठाको सामान्य बुद्धिमा शर्माले एउटा बुद्धि थपिदिए । साना हतियार ल्याउने र माओवादीको नाममा गाउाभर आतंक मच्चाउने । बैठा तत्कालिन नेपाली कााग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासाग नजिक पनि थिए । शर्माको बुद्धि अनुसार बैठाले साना हतियार किने र गाउाकै केहि व्यक्तिहरुलाई माओवादीको नाममा वल्लोपल्लो गाउाका घरहरुमा गएर रकम माग्न लगाए । त्यो विषयले माओवादीमा शंसय बढायो । अनुसन्धान गर्दै जाादा कृष्ण बैठाले गर्न लगाएको भन्ने खुल्यो ।
उनैले लेखे चिठ्ठी
बैठाको हर्कतका साझेदार शर्माले आफैं माओवादी भएर बैठाका विरुद्ध चिठ्ठी लेखे । अब तेरो ज्यान खतरामा छ भन्ने आशयको चिठ्ठी लेखेपछि दुवैजना काठमाण्डौं पुगे, गिरिजाप्रसाद कोइरालालाई भेटे । आफ्ना कार्यकर्ता संकटमा परेपछि उनै कोइरालाले सुरक्षा दिदैं काठमाण्डौंमा बस्ने व्यवस्था मिलाई दिए बैठा र शर्मालाई । शर्मा बाठा थिए । आफैंले दिएको बुद्धि र आफैंले गरेको काईते बुद्धि सफल भएपछि उनले मोरङ भन्दा बाहिरैबाट एसएलसी फष्ट डिभिजनमा उत्तिर्ण गरे, कोइराला सत्ताको सोर्समा ।
काठमााण्डौं बसाई सामान्य स्वास्थ्यको प्राविधिक विषयको अध्ययन थालेका शर्माले पत्रिकामा देखे चाइनामा एमबीबीएस अध्ययनको अवसर । उनै बैठाको बुई चढेर फेरी गिरिजाप्रसादसम्म पुगेका शर्माको भेट अर्का कोइराला शेखरसाग त्यसबेला बल्लभयो । स्कलरसिपमा चाइना पढ्न छिरेका शर्मा र तत्कालिन चल्तापूर्जाका शेखरबीच एउटा समझदारीभयो । यहााबाट चाइना पढ्न जाने विद्यार्थीबाट कमिसन लिने । उनै फर्कने विद्यार्थी नेपाल आउादा सुन लगाएर यहाासम्म ल्याउने र दोहोरो नाफा आर्जन गर्ने ।
मेडिकल कलेज
यस्तै र यहि क्रम चलिरहेकै बेला बैठा भने मोरङ फर्के । आखिर अर्काकै बुद्धिका कारण भएपनि अपराध त अपराधनै गरेका थिए । माओवादीको सफायामा परे । शर्मा र कोइरालाको घनिष्टता निक्कै थियो । स्वास्थ्यमन्त्री समेत बनिसकेका कोइरालासाग विराटनगरको एउटा चिकित्सकको टोलि मेडिकल कलेज खोल्ने मनसायसहति धाईरहेको थियो । व्यापक चर्चा थियो । बिना लगानीको १० प्रतिशत शेयर आफूलाई दिनुपर्ने शर्तसहित सम्बन्धनको जिम्मा शर्माले लिए । सुजताले लिईरहेको पहललाई तर्काउादै शर्माले शेखरसम्म त्यो फाइल पुर्‍याए । नोना हुादै गिरिजाबाबुसम्म पुगेको उक्त प्रस्ताव स्वीकृत भयो । s8
उता सम्बन्धन यता बार्गेनिङ्ग
नोबेल मेडिकल कलेजको सम्बन्धन स्वीकृत भईसकेपछि शर्माले लगानीकर्तासाग बार्गेनिङ्ग सुरु गरे । उनले १५ प्रतिशत आफूलाई र १० प्रतिशत शेखर कोइरालालाई शेयर दिनुपर्ने प्रस्ताव राखे । दुवैजनाको शेयर आफ्नै नाममा राख्ने सहमति पनि गरे । रपौया लगानी नगरेका शर्मा एकाएक अस्पतालका मुख्य शेयरकर्ता जस्तै बने । भौतिक संरचना निर्माणमा अन्य लगानीकर्ता जुटे । शर्मा भने उहि पुरानै नेपाल चाइना कारोबारमा संलग्न भए । त्यतिन्जेलसम्म उनले आफ्नो आर्थिक धरातललाई उकासेका थिए । एमबीबीएस अध्ययन भने चाइनामा गरेनन् ।
रोमाञ्चक खेल खेल्नसक्ने शर्माले नोबेलका मुख्य लगानीकर्ताहरुबीच दरार सिर्जना खेल्ने भूमिका सुरु गरे । शेखरको बुई चढेका उनी माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीका नेता वर्षामान पुन र काठमाण्डौं वाईसिएलका नेता सागरको बाक्लो सम्पर्कमा थिए । त्यसैबेला वर्षामानलाई थाहै नदिई डा. ज्ञानेन्द्र गिरीलाई शर्माले काठमाण्डौं पुर्‍याएर सागरमार्फत कुटाए । त्यो घटनाक्रमले भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीलाई असर गर्‍यो । त्यसपछि शर्माले आफ्नै अस्पताल आफैं बम राख्ने र आफ्नै अर्का साझेदार ज्ञानेन्द्र कार्कीलाई तर्साउने खेल गरे । त्यसमा समेत उनी सफल भएपछि नोबेल मेडिकल कलेज लगभग आफ्नो बनाए ।
दाजुलाई नै छोडेनन्
सबैसाग झगडा गरेर एकल व्यवस्थापन थालेका शर्माले नोबेल मेडिकल कलेज चलाउने मेसो पाएनन् । त्यसपछि आफ्नै दाजु खगेन्द्र न्यौपाने (केपी) लाई अध्यक्ष बनाएर छिराए । दाजुकै बुई चढेर उनी माओवादीका नेता वर्षामानसम्म पुगेका थिए । दाजुले अस्पताल सञ्चालनमा ल्याउन काठमाण्डौंस्थित आफ्नो घर बैंकमा राखेर ६ करोड रुपौया ऋण लिए । त्यहि रकमले विभिन्न योजनासहित सफल बन्दै गएपछि त्यसको दुईवर्षपछि उनले आफ्नै दाजुलाई अस्पतालबाट हटाए । त्यसपछि आफैंले व्यवस्थापन गर्दै आएका छन् ।
कसरी लिए टिकट
सम्पर्क र सम्बन्ध कााग्रेससाग लामै भएपनि पछिल्लो तीनवर्षयता शुनिल सक्रिय थिए । महासमिति सदस्य जित्न उनले गाउाका सबै कुखुरा उठाई दिएको हल्ला गजबले कााग्रेस वृत्तमा चर्चा चल्या थियो । निर्वाचन क्षेत्र निर्धारणसागै कााग्रेस नेताहरुले मोरङको क्षेत्र नम्बर ३ मा एमाले अगाडी रहेकोले उमेदवारी दिने मनसाय राखेनन् । उसैबेला शर्मा पड्कीए–त्यहाा के गर्नुपर्छ मलाई थाहा छ । उनले २० करोड रुपौया खर्चेर मतदाता किन्ने योजना सुनाए । त्यसपछि उनैलाई टिकट कााग्रेसले दिइएको कााग्रेस निकटको भनाई छ । टिकट पाएपछि शर्माले सुरु गरेको स्वास्थ्य शिविरदेखि अस्पतालमा ल्याएर उपचार गर्नेसम्मको सामाजिक काम गरिरहेका छन् ।
कहानी पढेर सचेत हुनुहोस्
खतरनाक बुद्धि लगाउन सक्ने शर्माको विगत अध्ययन गरेर मात्र भोट दिनुहोस् । विवेक त्यतिबेला गुम्नु पर्दछ, जतिबेला आफू कुनै विषयको जानकार छैन । तर, विषयको जानकारी गराउादा गराउादै विवेक गुम्नु भनेको समाज र राष्ट्रका लागि समेत घातक मानिन्छ । जसरी दुनिायाको बुई चढेर यहाासम्म आए शुनिल उनीहरुलाई नै सिध्याउनेसम्मको काम गरे । त्यसरीनै तपाई मतदाताको बुई चढेर माथि गएका शुनिलले तपााईलाई सिध्याउन नसक्ने के ग्यारेन्टी छ । अनुभवलाई आधार बनाउने हो भने उनले त्यहााका मतदातालाई सिध्याउने छन् । अर्काको विवेक किनेर आफ्नो हैकम बनाउन चाहिरहेका छन् शुनिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.