कांग्रेसको वाम गठबन्धनप्रति आक्रामक घोषणापत्र

कांग्रेसको वाम गठबन्धनप्रति आक्रामक घोषणापत्र

छत्रमान श्रेष्ठ 

कांग्रेसले देशभरका लोकतन्त्रवादी शक्तिलाई एमाले–माओवादी वाम गठबन्धनविरुद्ध डटेर लड्न आह्वान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्रमा कांग्रेसले कम्युनिस्ट गठबन्धनले संसदीय प्रणाली नै संशोधन गरी राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट शासन भित्र्याउन खोजेको आरोप लगाएको छ ।

यही विषयलाई मुख्य चुनावी मुद्दा बनाउँदै कांग्रेसले लोकतन्त्रवादीको मत आफूतिर आकर्षित गर्ने प्रयास गरेको छ । उसले मधेसको समस्या समाधान गर्नका लागि संविधान संशोधनको विकल्प नरहेको भन्दै मधेसी जनताको चाहनाको स्वागत गरेको छ । ‘कम्युनिस्ट गठबन्धनका नेता र योजनाकारले संविधानका आधारभूत लोकतान्त्रिक मूल्यपद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेका छन्,’ कांग्रेस घोषणापत्रमा भनिएको छ ।

कांग्रेस घोषणापत्रका मुख्य बुदाँहरु 

१. २६ खर्बको आर्थतन्त्र  १०० खर्ब  पुर्याउने
२. प्रतिव्यक्ति आय रु १ लाख ५० हजार
३. रु ५  खर्बको वैदेशिक लगानी
४. मुलुकभर ५  अन्तर्राष्ट्रिय विमानस्थल
५.बार्षिक १५ हजार मेगावाट बिधुत् उत्पादन
६. बार्षिक ३२ लाख पर्यटक
७. १६ वर्ष भन्दा माथिका सबको बैंक खाता
८. ७५% जनसंख्या आधुनिक सहरमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.