अध्यक्ष दाहाल भन्छन् वामगठबन्धन सरकार विरुद्ध होइन

अध्यक्ष दाहाल भन्छन् वामगठबन्धन सरकार विरुद्ध होइन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामगठबन्धन सरकारविरुद्ध नभएको बताउनुभएको छ । आज संसदमा संसदको चार वर्षे कार्यकालको अन्तिम दिन सम्बोधन गर्दै अध्यक्ष दाहालले वामगठबन्धन लोकतान्त्रिक अभ्यास र वैचारिक आदर्श बढाउने प्रयासमात्रै भएको भन्दै सरकार ढाल्ने र सरकार विरुद्धको नभएको बताउनुभयो ।

उहाँले शान्तिपुर्ण प्रतिष्पर्धामार्फत विचार मिल्ने कम्युनिष्ट एक हुँदा अरु पार्टी झस्कीनुपर्ने आवश्यकता नरहेको भन्नुभयो । उहाँले आफू चार वर्षे दौरानमा कहिले एमालेतिर र कहिले कांग्रेस मिलेर पनि समृद्धिका लागि काम गरेको बताउनुभयो । अध्यक्ष दाहालले जारी संविधानमा सकारात्मक र प्रगतिशील पक्षहरू समेटेर उत्पीडन पक्षको माग समावेश भएको धारणा राख्नुभयो । एकपटक सविधान संशोधन असफल भएपनि आगामी ससंदले संशोधनको प्रक्रिया आवश्यकता अनुसार अगाडि बढाउने उहाँको भनाई थियो । संविधान सभाको सम्बन्ध शान्ति प्रक्रियासँग भएको भन्दै उहाँले ठूलो विद्रोह र त्यागले संविधान सभा आएको स्मरण गर्नुभयो । संविधान जारी गर्नकालागि पार्टी विभाजन हुने स्थितिमा पनि सेना समायोजन गर्ने जोखिम मोलेरै आफु लागेको उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.