विराटनगरको बजारबाट नाटकीय रूपमा दिउँसै लाखौं रुपैयाँ चोरियो

विराटनगरको बजारबाट नाटकीय रूपमा दिउँसै लाखौं रुपैयाँ चोरियो

दामोदर सापकोटाको बिराटनगरको मुख्य व्यापारी केन्द्र ट्राफिकचोकबाटै  ३ लाख रुपैयाँ चोरी भएको छ । आफन्तको लिएको ऋण तिर्न लगेको पैसा बुधबार दिउँसो चोरी भएको सापकोटाले बताए ।

उनले घरबाट २ लाख १० हजार र प्राइम बैंकबाट ९० हजार रुपैयाँ झिकेका थीए|सापकोटाले आनुसार  ट्राफिकको चौकको एउटा पुस्तक पसलमा नागरिकताको फोटोकपी गर्न लाग्दा चोरी भएको हो

उनले भने, ‘पैसाको झोला टेबलमा राखेर नागरिकताको फोटोकपी गरेको हेर्दै थिएँ,पछाडिबाट नचिनेको एउटा सानो बालक आएर अंकल तपाईंको पैसा झर्यो भन्दै भुइँमा देखायो । पैसा टिप्न खोज्दा त्यो बालक पैसाको झोला बोकेर फरार भइसकेको रहेछ । उठेर हेर्दा ती बालकलाई कतै देखिनँ,पैसा चोरी गर्न त्यो झरेको पैसा ती बालकले नै झारेको रहेछ ।’

तत्काल प्रहरीलाई खबर गरे  पनि उनले अहिलेसम्म चोरलाई नभेटेको बताए । यता,पैसा चोरी भएको जानकारी पाउनेसात प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।‘साधा पोसाकमा पनि प्रहरी परिचालन गरी खोजी कार्य तीव्र बनाएका छौं ’,उनले भने|

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *