प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ९९ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो

छत्रमान श्रेष्ठ 

बिराटनगर । अगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सरकारले करिब ९९ हजार युवा तथा युवतीहरुका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ ।
असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन पाइने गरी नेपाल प्रहरीले आवेदन खुलाएको हो ।
काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरु र उपत्यकाबाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालमा दरखास्त बुझाउन सकिने नेपाल प्रहरीले उसेका वेवसाईडमा जनाएको छ । तर नवलपरासी र रुकुमको हकमा भने पहिलेकै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउनुपर्ने छ।
दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ५४ ननाघेका युवाहरुले आवेदन दिन सक्ने छन्। साधारण लेखपढ गर्न जान्ने जोकोही नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। यद्यपी सुरक्षा निकायमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ।

असोज ३० गतेसम्म आवेदन संकलन भएपछि आवेदन दिएकोले कात्तिक १ गते आवेदन बुझाएको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । त्यस्तै कात्तिक ५ गतेदेखि ८ गतेसम्म छनौट प्रारम्भ हुनेछ। १० गते छनौट भएकाहरुको नतिजा सार्वजनिक गरिनेछ। छनौट भएकालाई कात्तिक १२ देखि २४ गतेसम्म प्रशिक्षण दिइने छ । प्रहरी जवानले पाए समे सरहको तलव, भत्ता र सुविधा म्यादी प्रहरीले पाउने छन् ।
म्यादी प्रहरीले ५५ दिन खटिएबापत आधारभुत तलब १७ हजार २ सय ३० रुपैयााका दरले राशन, पारिश्रमिक र स्थानीय भत्ता पाउने छन्। त्यस्तै निर्वाचनको दिन सात दिनको लागि प्रति दिन २५० रुपैयााका दरले विशेष भत्ता र २५० रुपैयाा नै खाजा खर्च पाउने छन्। म्यादीमा छनौट भएकाले ४ हजार पोसाक भत्ता पाउने छन् भने बाटो खर्च स्वरुप एक हजार रुपैयाा पनि उनीहरुले पाउने छन् ।
मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सरकारले ९८ हजार ३ य ६८ युवाको का लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ। आज असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन पाइनेगरी नेपाल प्रहरीले आवेदन खुलाएको छ।
काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरु र उपत्यकाबाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालमा दरखास्त बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ। तर नवलपरासी र रुकुमको हकमा भने पहिलेकै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउनुपर्ने छ।
दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ५४ ननाघेका युवाहरुले आवेदन दिन सक्ने छन्। साधारण लेखपढ गर्न जान्ने जोकोही नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। यद्यपी सुरक्षा निकायमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *