निर्वाचन आयोगले वैदेशिक सहायता नलिने र अबको निर्बाचनमा कुन समुदायको कति समानुपातिक प्रतिशत होला ? हेरौ तथ्याङ सहितको बिश्लेषणात्मक बिवरण ।

निर्वाचन आयोगले वैदेशिक सहायता नलिने र अबको निर्बाचनमा कुन समुदायको कति समानुपातिक प्रतिशत होला ? हेरौ तथ्याङ सहितको बिश्लेषणात्मक बिवरण ।

अविजाल विष्ट

बिराटनगर । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वैदेशिक सहायता नलिने भएको छ । विगतका निर्वाचनमा आयोगले विभिन्न दातृनिकाय, आइ.एन.जि.ओ. तथा छिमेकी मुलुकबाट सहायता सामग्री लिदै आएको थियो ।
आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले सरकारले पर्याप्त बजेट उपलब्ध गराउने भएकाले यसपटक वैदेशिक सहायता नलिने निर्णय भएको जानकारी दिए । आयोगले हालै सम्पन्न स्थानीय तह निर्वाचनदेखि बिस्तारै वैदेशिक सहायता लिने क्रम घटाएको हो ।
आयोगले विगतमा भारतबाट गाडी, स्कुटी, चीनबाट छेकाबार, डटपेन, पन्चिङ मेसिन, मसी लगायतका निर्वाचन सामग्री सहायता लिने गरेको थियो । यसपटक आयोगले आवश्यक ती सबै सामग्री आफैले खरिद गर्ने छ ।
स्थानीय तहमा केही मतदाता र मतदान केन्द्र थपिने भएको छ ।
आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान केन्द्रको संख्या थपिने जनाएको छ । स्थानीय तहको निर्वाचनमा करिब १८ हजार मतदान केन्द्र थिए । त्यसमा १५ सयदेखि दुई हजार मतदान केन्द्र थप हुने प्रवक्ता ढकालको भनाइ छ । स्थानीय तहको निर्वाचनमा एक करोड ४१ लाख मतदाता थिए । त्यसमा करिब १४ लाख मतदाता थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब एक करोड ५५ लाख मतदाता हुनेछन् ।
उम्मेदवारहरुको समानुपातिक निर्वाचनको ढांचा तयार रणनिति
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतपत्रको ढाँचा टुंगो लगाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मतपत्र एउटै प्रयोग गरिने छ । समानुपातिक निर्वाचनको मतपत्रको ढाँचाअनुसार प्रतिनिधिसभाका लागि देशैभरि एकै प्रकृति र प्रदेश सभाका लागि प्रदेशअनुसार दलको सहभागिताका आधारमा मतपत्र फरक हुने आयोगले जनाएको छ । एउटै पानामा बायां तर्फ प्रतिनिधि सभामा भाग लिने दलको निर्वाचन चिह्न र दायां तर्फ प्रदेश सभामा भाग लिने दलका निर्वाचन चिन्ह हुनेछन् । आयोगका अनुसार प्रत्यक्ष निर्वाचनका लागि उपयोग गरिने मतपत्रको ढांचा भने प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन पछि टुंगो लाग्ने छ ।
समानुपातिक निर्वाचनका लागि प्रयोग गरिने मतपत्र भने दशैं अघि नै छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक र प्रत्यक्षका मतपत्र छाप्दा समय बढी लाग्ने भएकाले समानुपातिकतर्फको मतपत्र दशैं अघि नै छपाइ सुरु भएको हो ।
दललाई निर्वाचन प्रभावित गर्ने गतिविधि नगर्न चेतवानी– आयोग
निर्वाचन आयोगले दलीय गठबन्धनले मंसिरमा हुने निर्वाचनमा कुनै असर नपार्ने जनाएको छ । दलीय गठबन्धनका कारण निर्वाचन सर्ने हल्ला चलेपछि आयोगले यस्तो स्पष्टीकरण दिएको हो । साथै, आयोगले निर्वाचन प्रभावित हुने गतिविधि र क्रियाकलाप सञ्चालन नगर्न पनि राजनीतिक दल, सरकार र सरोकारवालालाई आग्रह गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालले १० र २१ मंसिरमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको सुरुवात र मतपत्र छाप्ने काम भइरहेको जानकारी दिए ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कुन प्रदेशमा कति क्षेत्र र प्रतिनिधी सभाको कति संख्या ?pppp
प्रदेश निर्वाचन क्षेत्र –३३०
प्रतिनिधिसभा निर्वाचन क्षेत्र – १६५
प्रदेश सभामा समानुपातिक सदस्य –ः २२०
प्रतिनिधिसभामा समानुपातिक सदस्य – ११०
प्रदेश सभामा प्रत्यक्ष सदस्य – ३३०
प्रतिनिधिसभामा प्रत्यक्ष सदस्य – १६५
जम्मा निर्वा्चित प्रतिनिधि – ८२५
मतदाता – करिब एक करोड ५५ लाख रहेका छन् ।
मतदान केन्द्र – करिब २० हजार रहने छ ।
मतपत्र – करिब तीन करोड ४० लाख (प्रत्यक्ष र समानुपातिक)
जम्मा लाग्ने खर्च – १० अर्ब रुपैयां लागत अनुमान गरिएको द्ध ।
मतपत्र ढुवानीका लागि समय – करिब २० दिन
मतपत्र छाप्ने समय – करिब एक महिना66
मतपत्रको प्रकार – दुई
दलित – १३.८ प्रतिशत रहेको छ ।
आदिवासी जनजाति – २८.७ प्रतिशत रहेको छ ।
खस–आर्य – ३१.२ प्रतिशत रहेको छ ।
मधेसी – १५.३ प्रतिशत रहेको छ ।
थारू – ६.६ प्रतिशत रहेको छ ।
मुस्लिम – ४.४ प्रतिशत रहेको छ ।
महिला – ५.० प्रतिशत रहेको छ ।
पिछडिएको क्षेत्र – ४.३ प्रतिशत रहेको छ ।
कुन प्रदेशमा कति दल प्रतिस्पर्धी रहेका छन् ती दलहरुको संख्या यस प्रकार रहेको छ ।
32प्रदेश नम्बर १ – ८७ दलले प्रतिष्पदा गर्ने छन्
प्रदेश नम्बर २ – ८६ दलले प्रतिष्पदा गर्ने छन्
प्रदेश नम्बर ३ – ८६ दलले प्रतिष्पदा गर्ने छन्
प्रदेश नम्बर ४ – ८२ दलले प्रतिष्पदा गर्ने छन्
प्रदेश नम्बर ५ – ८४ दलले प्रतिष्पदा गर्ने छन्
प्रदेश नम्बर ६ – ८२ दलले प्रतिष्पदा गर्ने छन्
प्रदेश नम्बर ७ – ८३ दलले प्रतिष्पदा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.