चांदी तस्करीमा भारतीय नागरीक प्रकाउ तर मुख्य नाईके प्रकाउ पर्न सकेन ?

चांदी तस्करीमा भारतीय नागरीक प्रकाउ तर मुख्य नाईके प्रकाउ पर्न सकेन ?

धु्ब कट्वाल ।

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले विराटनगर महानगरपालिका –१६ बाट चाँदीको मूर्तिसहित प्रकाउ परेका एक भारतीय नागरिकलाई आज जिल्ला प्रहरी कार्यालयको सभा हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित हुलास मेटल चोकबाट इलाका प्रहरी कार्यालय रानीले प्रकाउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको हो । सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीका इन्चार्ज सन्तोष निरौला सहितको टोलीले प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय मोरगंमा बुझाएको प्रहरी उपरिक्षक अरुण कुमार बि.सीले जानकारी गराउनु भयो ।
सार्वजनिक गरिएका भारतीय नागरीक शाहले बिराटनगरकै कुनै ब्यापारीलाई लुकाई छिपाई ल्याएको तर कुन ब्यापारी हो, को मान्छे हो, पुरा बिवरण नबताएको कारणले प्रमुख नाईकेलाई समात्न नसकिएको उपरिक्षक अरुण कुमार बि.सी.ले जानकारी गराउनु भयो । सार्बजनिक गरीएको चांदीका बिभिन्न प्रकारका मन्दिर, मुर्ति, चम्ची, माछाको आकार भएका बिभिन्न साईजमा रहेको चांदीको प्रकार, अभिषेक गर्ने चम्जी लगायतका सामाग्रीहरुलाई प्रहरीले सार्बजनिक गरेको छ । भारतीय नागरिक साहका साथबाट बरामत गरिएको चांदीको मुल्य रु.१ लाख ३० हजार ४ सय २० मूल्य पर्ने र बिभिन्न चाँदीका मूर्तिका साथै पूजाका सामग्रीहरुको वजन २ किलोग्राम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.