आफ्नो ठाउँको लागि केही गरौ भन्ने भित्र देखिकै सपनालाई साकार पार्न मेरो उम्मेदवारी- यदु बिस्ट

आफ्नो ठाउँको लागि केही गरौ भन्ने भित्र देखिकै सपनालाई साकार पार्न मेरो उम्मेदवारी- यदु बिस्ट

विराटनगर, मायोनर l
पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको प्राप्तीको आन्दोलन देखि राजनीति एवम समाजसेवामा बिगत तिन दशक देखि सक्रिय नेपाली कांग्रेसका यूवा नेता यदु बिष्टले आसन्न प्रदेश सभाको चुनाबमा मोरड क्षेत्र न २ को प्रदेश सभा ख(२) बाट प्रत्यक्ष तर्फ प्रदेश सांसदको उम्मेदवारी दिने घोषणा गरेका छन । नेपाली काड्ग्रेसको तर्फबाट टिकट दिएको खण्डमा आफूले उम्मेदवारी लिने बिष्टले बताए ।
स्थानीय स्तरमा विकाश निर्माणमा सक्रिय भइ उक्त क्षेत्रका असाहय एवम दिनदुखिको सेवामा अहोरात्र खट्ने बिष्ट सादा जीवन उच्च विचार राख्ने एवंम संधै जनताको समिपमा रहने नेता बिष्टले टिकट पाएको खण्डमा प्रदेश सांसद जित्ने र समृद्ध प्रदेश बनाउने स्थानीय कार्यकर्ताले बताउदै आएका छन् । नेपाली कांग्रेसको आस्थामा कृयाशिल भएतापनी सदैव पार्टी र जातिभन्दा माथी उठेर राम्रो काममा अहोरात्र सहभागी जनाउने गरेका बिष्टले टिकट पाए अन्य पार्टीबाट पनि मन जितेर मत तान्ने स्थानीय स्तरमा चर्चा हुन थालेको छ l आपसी सदभाव, विकास, समानता र कांग्रेसको जितका लागि उहाँलाई टिकट दिनुपर्ने बताउछन् ।
आफ्नो ठाउँको लागि केही गरौ भन्ने भित्र देखिकै सपनालाई साकार पार्न मेरो उम्मेदवारी हो, बिष्टले कुराकानीको क्रममा भने युवाको जोस अग्रजको होसका साथ अघि बढनेछु युवा तथा जेष्ठ सबैको मनमा बस्न सफल उनी, जनताको पिरमार्कामा सधै हर तवरबाट सहयोग गर्ने गरेका छन विद्यार्थी जिवनकाल २०४६ सालको जनाअन्दोलनमा सक्रिय भूमिका निर्वाहा गरेका विष्ट २०४९ सालमा महेन्द्र मोरड क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट पहिलो स्वतन्त्र विद्यार्थी यूनियन (स्व.वि.यू.) सभापति समेत भएका थिए । २०५२ सालमा ने.बि. संघको केन्द्रीय सदस्य, २०५४ सालमा नेपाल तरुण दलको पूनःस्थापना भएपछि दलको केन्द्रीय सदस्य, नेपाली काड्ग्रेसको १२ औ महाधिवेशनबाट नेपाली काड्गे्रस मोरड जिल्ला सचिवको समेत जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका विष्ट १४ औं महाधिबेशनबाट महाधिवेशन प्रतिनिधि समेतको जिम्मेवारी निर्वाहा गरिरहेकोमा आफुले यस पटक प्रत्यक्ष तर्फ प्रदेश सांसदमा पार्टीको टिकट पाउने कुरामा पूर्ण विश्वस्त छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *