होसियार ! सुताइबाट थाहा हुन्छ जीवनका धेरै कुरा …

होसियार ! सुताइबाट थाहा हुन्छ जीवनका धेरै कुरा …

विराटनगर, मायोनर l
निन्द्रा सबैलाई प्यारो लाग्छ कतिको त ओछ्यान देख्न साथ लडी हाल्ने बानी हुन्छ । ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ? भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ भन्ने कुरो हालसाल एक अध्यनले पत्ता लगाएको छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ भनि खोज गरेका छन् ।
विराटनगर, मायोनर l
निन्द्रा सबैलाई प्यारो लाग्छ कतिको त ओछ्यान देख्न साथ लडी हाल्ने बनि हुन्छ । ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ? भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ भन्ने कुरो हालसाल एक अध्यनले पत्ता लगाएको छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ भनि खोज गरेका छन् ।

त्यस्तै, शारीरिक भाषाविज्ञ रोबर्ट फिप्सले पनि सुत्ने पोजिसनबाट व्यक्तित्व र जीवनप्रतिको दृष्टिकोण थाहा लाग्ने बताउँछन् । यसबाट तपाईंको दिन कति तनावपूर्ण, कस्टपूर्ण थियो, तपाईं कति चिन्तित, खुसि हुनुुहुन्थ्यो र जीवनमाथि तपाईंको कति नियन्त्रणमा छ भन्ने थाहा लाग्छ । तपाईं अडैल हुनुहुन्छ, हाकिम पाराको हुनुहुन्छ र कल्पनाशील सपनामा रम्नुहुन्छ कि आफूलाई नै आलोचना गर्ने खालको हुनुहुन्छ या तपाई कस्तो हुनुहुन्छ भन्ने कुरा पनि सुताईको पोजिसनले खोल्छ । धेरैजसो मान्छे छातीमा हात राखेर, घुँडा मारेर फिटल पोजिसन (गर्भमा बसेको बच्चा) मा सुत्छन् । चिन्ता लिने मान्छेहरूले यस्तो पोजिसनमा सुत्ने गरेका छन् । तनावपूर्ण दिनपछि आराममा पुगेको आभास पाउन मान्छे यसरी सुत्छन् । यसरी सुत्ने मान्छे बाहिर चाहिँ रफटफ देखिन्छन् भने भित्रभित्रै चाहिँ लजालु र संवेदनशील हुन्छन् । नयाँ मान्छेसँग खुल्न उनीहरू समय लगाउँछन् तर बिस्तारै उनीहरू सामाजिक हुन थाल्छन् । कोल्टे परेर सिधा खुट्टा अनि दुवै हात सिधा पारेर सुत्ने मान्छे समाजमा घुलमिल गर्न सक्ने खालका, सजिला र विश्वासी हुन्छन् । यिनीहरू कहिलेकाहीँ ठगीमा पर्न सक्छन् । यसलाई लग पोजिसन भनिन्छ । अर्काथरी मान्छे कोल्टे सुत्छन् तर दुवै हात अगाडितिर तन्काउँछन् । यसलाई यर्नर पोजिसन भनिन्छ । उनीहरू खुल्ला व्यक्तित्वका हुन्छन् तर कहिलेकाहीँ शंकालु व्यवहार देखाउँछन् । यिनीहरू ढिलो गरी निर्णय लिन्छन् र लिएको निर्णयमा अडिग रहन्छन् । अर्काथरी मान्छे ढाडलाई मुनि पारेर सिधा तन्केर सुत्छन् । उनीहरूको हात पनि सिधा तन्किएको हुन्छ । यसलाई सोल्जर पोजिसन भनिन्छ । यस्ता मान्छे अनुशासित हुन्छन् । आफू र अरूका लागि यिनीहरू उच्च अपेक्षा राख्छन् । शान्त र रिजर्भ्ड खाले हुन्छन् यिनीहरू ।

अर्काथरी मान्छे पेट थिचेर सुत्छन् भने यिनीहरूको टाउको एकातिर हुन्छ अनि दुवै हात सिरानी नजिकै हुन्छ । यसलाई फ्रीफल पोजिसन भनिन्छ । यस्ता मान्छे समाजमा घुलमिल गर्न सक्छन् र छुच्चा पनि हुन्छन् । भित्रभित्रै नर्भस हुन्छन् अनि आलोचनाप्रति संवेदनशील पनि हुन्छन् । अर्काथरी मान्छे ढाडलाई मुनि पारेर खुट्टा फट्याएर अनि हातलाई टाउकोनेर तन्काएर सुत्छन् । यसलाई स्टारफिस पोजिसन भनिन्छ । यस्ता मान्छेले साथीलाई महत्व दिन्छन् । आकर्षणको केन्द्र हुन यस्ता मान्छे मन पराउँदैनन्, बरू अरूको समस्या सुन्ने अनि दुःखमा परेकालाई सहयोग गर्ने खालका हुन्छन् । जे जस्तो भए पनि सुताइको पोजिसन बाट धेरै कुरो पत्ता लाग्ने कुरा को पुस्टि भै सकेको छ l एजेन्सीहरु बाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.