डा. केसीको आन्दोलनप्रती ऐक्यबद्धता

डा. केसीको आन्दोलनप्रती ऐक्यबद्धता

विराटनगर / महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर नेपाली शिक्षण विभागका प्राध्यापकहरूले अनशनरत डाक्टर गोविन्द केसीको आन्दोलनप्रती ऐक्यबद्धता जनाएका छन् ।
प्राध्यापकहरूको तर्फबाट नेपाली शिक्षण विभागका अध्यक्ष बाबुराम तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा बिगत छ वर्षदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आन्दोलन गर्दै आउनुभएका डाक्टर केसीसँग बिगतका सरकारले पटक पटक सम्झौता गरेपनि ति सम्झौता कार्यान्वयन नगर्नु लज्जास्पद र गैरजिम्मेवार भनिएको छ । डाक्टर केसीसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने कार्य गर्दै राज्यसत्ताबाट प्रजातन्त्रको धज्जी उडाउने काम भएको भन्दै यसलाई अबिलम्ब रोक्न माग गरिएको छ । चिकित्सा शिक्षालाई जनहितका निम्ती व्यवस्थित गर्ने कानुनको माग गर्नु, चिकित्सा शिक्षालाई नाफामुलक व्यवसायको रूपमा प्रयोग गर्नबाट रोक्न खोज्नु, दूर दराजमा चिकित्सा शिक्षाको पहुँच पु¥याउनुपर्ने डाक्टर केसीको माग स्वागतयोग्य भएको विज्ञप्तिमा उल्लेख छ । सरकारको थेत्तरोपनका कारण डाक्टर केसीको स्वास्थ्य अबस्था खस्किँदै गएको प्रती चिन्ता व्यक्त गर्दै डाक्टर केसीको जीवनमा तलमाथी भए त्यसको जिम्मा सरकार, प्रमुख राजनीतिक दल र तीनका नेतृत्व एवम् सांसदले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.