युनियनका पत्रकार र काँग्रेस उम्मेदवारबीच अन्तरसम्वादः– ‘विराटनगर सञ्चार क्षेत्रकै हब बन्न सक्छ’

युनियनका पत्रकार र काँग्रेस उम्मेदवारबीच अन्तरसम्वादः– ‘विराटनगर सञ्चार क्षेत्रकै हब बन्न सक्छ’

अबिजाल बिष्ट

विराटनगर । नेपाली काँग्रेसबाट विराटनगर महानगरपालिकाका उम्मेदवार भीम पराजुली र उपमेयर उम्मेदवार इन्दु कार्कीले नगरमा सञ्चारक्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन मोरङसँग भएको अन्तरसम्वाद कार्यक्रममा मेयर पदका उम्मेदवार पराजुलीले एक नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा रहेको विराटनगरमा सञ्चार क्षेत्रको विकासमा आफूले सहयोग गर्ने बताउनु भयो । पराजुलीले भन्नुभयो,‘क्षेत्रगत रुपमा हेर्दा विराटनगरले पूर्वकै करिडोरमा सञ्चारको नेतृत्व लिन सक्ने भएकोले यो क्षेत्रमा सञ्चारको विकास जरुरी छ ।’ उहाँले विराटनगर औद्योगिक नगर भएकोले मुर्झाएको उद्योग, कलकारखाना र औद्योगिक विकासमा काँग्रेसले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनु भयो ।
उपमेयरकी उम्मेदवार इन्दु कार्कीले महिला हकहित र अधिकार संरक्षणका लागि आफ्नो पहिलो भूमिका हुने बताउँदै काँग्रेसका तर्फबाट आफूले ठूलो समुदायको नेतृत्व गर्ने अवसर पाएको बताउनु भयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लभ घिमिरेले अन्य महानगरमा काँग्रेसले भोगेको पराजलयलार्य पाठ मानेर औद्योगिक तथा राजनीतिक सहर विराटनगरमा विजयी हुन जनप्रिय कार्यक्रम लिएर अघि बढ्नु सुझाव दिनुभयो ।
युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी र सल्लाहकार अनन्तराज न्यौपानेले विराटनगर बहुसांस्कृतिक सहर भएकोले पनि यहाँ रणनीतिक हिसाबले काँग्रेसले चुनावी अभियानलाई घनीभूत रुपमा अघि बढाउनु पर्ने सुझाव दिनुभयो ।
प्रेस युनियनका जिल्ला सभापति मिनकुमार नोविदतले मेयर र उपमेयरका उम्मेदवारलाई विजयको लागि शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.