कुनैपनि हालतमा निर्वाचन गराइन्छ : प्रधानमन्त्री

कुनैपनि हालतमा निर्वाचन गराइन्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक मतभेद थाती राखेर निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

दिवंगत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसर, काठमाडौंमा निर्मित पत्रकार स्मृतिस्तम्भको मंगलबार अनावरण गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएकाले सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुन आह्वान गरे ।
    उनले सहमति, सहकार्य र एकताबाटै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए । निकै अप्ठ्यारो परिस्थितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा सरकारले गरेको भन्दै प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा निर्वाचन गराइ छाड्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनको चरण सुरु भइसकेको र आवधिक निर्वाचनलेमात्र लोकतन्त्र संस्थागत हुने दाबी गरे । उनले केही तत्व धमिलो पानीमा माछा मार्ने षड्यन्त्रमा लागेको भएपनि उनीहरुको अभिष्ट पूरा नहुने बताए । मधेसी मोर्चालाई पनि निर्वाचनमा सहमत गराउन संविधान संशोधन प्रक्रियालाई अघि बढाइने उनको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.