५ वर्षभित्र उर्लावारीलाई “समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर” :-भुपाल सिंह जिमी

५ वर्षभित्र उर्लावारीलाई “समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर” :-भुपाल सिंह जिमी

घनेश्याम भण्डारी/

उर्लावारी ।  नेकपा एमालेले उर्लाबारीले ५ वर्षभित्र ‘समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर’बनाउने उद्घोष स्थानीय तह निर्वाचनमा भुपाल सिंह जिमीलाई मेयर र लक्ष्मी भण्डारीलाई उपमेयर पदमा उठाएको छ ।

एमालेले आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्यद्वय जिमी र भण्डारीलाई क्रमशःमेयर र उपमेयर पदको उम्मेवार बनाएको हो । बीहिबार एमाले सांसद पर्तमान धिमालको उपस्थितीमा उर्लाबारी–३ मा आयोजित कार्यक्रममा एमालले उर्लाबारीका मेयर÷उपमेयर पदका उम्मेदवार सहित नौ वटै वडाका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको थियो । वडा नम्बर १बाट मछिन्द्र कार्कीलाई एमालले वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ । सो वडाको महिला सदस्य पदमा टिका भुजेल,दलित महिला सदस्यमा शान्ता गजमेर र खुल्ला सदस्यहरुमा गम्भीर प्रधान र मोहनकर्ण श्रेष्ठलाई उठाएको छ ।

वडा नम्बर २को अध्यक्षमा हेमचन्द्र थापा,महिला सदस्यमा धनमाया राई,दलित महिला सदस्यमा टिका परियार र खुल्ला सदस्यहरुमा गोविन्दप्रसाद चम्लागार्इँ र रुद्र धिमाललाई रहेका छन् । एमालेमा चर्चित एवं प्रखर वक्ताका रुपमा चिनिएका साविक उर्लाबारी गाविसका पार्टी सचिव मुक्तिनाथ न्यौपानेलाई वडा नम्बर तीनको वडाध्यक्ष पदको उम्मेदवार बनाएको छ । यो वडाबाट महिला सदस्यमा निर्मला गौतम,दलित महिला सदस्यमा जिना त्रिखत्री र खुल्ला सदस्यहरुमा भक्तबहादुर विक र भिष्मराज बुढाथोकी उम्मेद्वार भएका छन् । वडा नम्बर चारमा एमालले लक्ष्मीनारायण धिमाललाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ । यो वडाबाट एमालले सदस्य पदहरुमा कृष्णमाया माझी,अमृता दास,डोमनाथ खतिवडा र होमनाथ सापकोटालाई उठाउदैछ ।

चन्द्रप्रसाद भट्टराईलाई वडा नम्बर ५को उम्मेदवार बनाइएको छ । यो वडाबाट सदस्य पदका उम्मेद्वारहरु मेनु पाण्डे,मिनकुमारी विक,भानुभक्त पोखरेल र रविन तामाङ हुन् । एमालले वडा नम्बर ६ मा महिलालाई अध्यक्ष पदको टिकट दिएको छ । उद्योग वाणिज्य संघ उर्लाबारीकी वाणिज्य सचिव मिरा न्यौपाने भट्टराईलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको हो । यो वडाको सदस्य पदको उम्मेदवारहरुमा तारा कार्की,सिता विक रसाईली,मानबहादुर राई ‘मदन’ र वेदनिधि पौडेल रहेका छन् । वडा नम्बर ७मा कृष्णबहादुर प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । यो वडाबाट इन्दिरादेवी राई,अनिता विक,जिवप्रसाद कट्टेल र निरोज तिम्सिना वडा सदस्य पदका उम्मेवार बनेका छन् । वडा नम्बर ८मा साविक राजघाट गाविसका पार्टी अध्यक्ष कुलबहादुर कार्की वडा अध्यक्ष पदको उम्मेदवार बनेका छन् । एमालले यो वडामा चन्द्रा डाँगी,जानुका बराईली,अग्नीप्रसाद लिम्बू र लक्ष्मीप्रसाद टुंगानालाई सदस्य पदको उम्मेवारमा अघि सारेको छ । वडा नम्बर ९को अध्यक्षमा बमबहादुर फ्याकलाई उठाइएको छ । हुकमाया श्रेष्ठ,पूर्णमाया वर्देवा दर्जी,,खड्गबहादुर कार्की र तेजेन्द्र साँवा(तेजकुमार लिम्बू) एमालेको तर्पबाट ९ नम्बर वडाको सदस्य पदको उम्मेदवार बनाइएका हुन् । एमाले उर्लाबारी निर्वाचन परिचालन कमिटीका अध्यक्ष मानबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा आप्mनो पार्टीले समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवार टुंङ्गाएको जनाएको छ ।

उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै मेयरपदका उम्मेदवार भुपालसिं जिमीले आप्mनो उम्मेदवारीको औचित्य पुष्ठि गर्दै उर्लाबारीलाई नमुना नगरपालिका बनाउने उद्घोष गरे । मेयर उम्मेदवार जिमीले खोला नदी तटबन्धन, विकास निर्माण,सडक बाटो,विद्यूत,खानेपानी,सञ्चार,ढल निकास,फोहोर व्यवस्थापन,शिक्षा,स्वास्थ्य,पर्यटन,खेलकुद,युवा र रोजगार,महिला र बालबालिका,जेष्ठ नागरिक,समाजिक विकास र वातवरण संरक्षण लगायत सबै क्षेत्रको विकासका लागि आप्mनो उम्मेदवरी रहेको प्रष्ट्याउदै घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरु ५ वर्षभित्र पुरा गर्ने बताए । यस्तै,उपमेयर पदकी उम्मेदवार लक्ष्मी भण्डारीले महिला हिंसा मुक्त नगर निर्माण,महिला सशक्तिकरणको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने लगायत अन्य विकास निर्माणका कार्यहरु पुरा गर्ने बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.