मेरो उम्मेदवारी समग्र वडा नं. २ को विकासका लागि–महेश वाहेती

मेरो उम्मेदवारी समग्र वडा नं. २ को विकासका लागि–महेश वाहेती

यतिखेर बिराटनगर महानगरपालिका सबैको चासो र पर्खाईको राजनैतिक बिषय बनेको छ । दोस्रो चरणको मनोनयन हुने दिन असार २ गतेको पर्खाईमा बसेका एक युवा ब्यबसायी आजको २ दिन पछि अर्थात असार ४ गते आईतबार निर्बाचन कार्यालयमा आफनो आधिकारी उम्मेदवार दिने तयारीमा रहेका छन् । मोरङको विराटनगर ऐतिहासिक सहर हो । सरकारमा रहेको घटकहरुको गठबन्धनका कारण पहिलो निर्बाचनमा महानगरपालिकामा हार खाएको हुनाले पनि बिराटनगर महानगरपालिकामा काग्रेसको चासोको बिषयको बनेको छ । यस्तो अबस्थामा पनि आफनो बेग्लै पहिचाहन बनाएका स्थानीय वडा नं. २ का बासिन्दा महेश वाहेतीले वडाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । सबैको सहयोग पाएको र भिजन सहित वडाध्यक्षमा उठन लागेका उम्मेदवार वाहेतीले बताएका छन् । वडाको विकासमा दीर्घकालीन योजना नै अघि सार्नुभएको छ । उक्त विषयमा उहाँसँग गरिएको कुराकानीको सारसंक्षेपः
किन र के


तपाईको उम्मेदवारीे ?
ऐतिहासिक विराटनगर नगरको २ नं. वडाको सामाजिक, आर्थिक विकास गर्नका लागि मैले १० वर्षको कार्य योजना नै बनाएर लागेको छु । मेरो उम्मेदवारी भनेको समग्र वडाको विकास यहाँका जनताको चाहना अनुसार हुनेछ । म कुनै पार्टीगत रूपमा उम्मेदवारी दिने भन्दा पनि मेरो एजेण्डा र विकास तथा कार्य योजना प्रति सहमत हुने पार्टीबाट उठ्ने छु । नभए स्वतन्त्र रुपमा सबैको साझा उम्मेदवारका रुपमा मेरो उम्मेदवारी हुनेछ ।
के छन् वडा न. २ समस्याहरू ?
यहाँको मुख्य समस्या भनेको सडक, ढल खानेपानी जस्ता विकासका सामान्य पूर्वाधार पनि छैनन् । २० वर्षसम्म जनप्रतिनिधी नभएको अवस्थामा स्थानीय जनताले विकासका पूर्वाधार पाउन सकेका छैनन् । विराटनगर महानगरपालिका छेउमा रहेर पनि यो क्षेत्र पछाडि परेको छ भने वडागत रूपमा सरकारले गर्नुपर्ने धेरै कामहरू अलपत्र छन् ।
तपाईँले वडाको विकासका लागि के कस्ता योजना र वडा घोषणा पत्र बनाउनु भएको छ ?
म यस वडाको बासिन्दा अनि म यही वडामा जन्मिएँ, यहीँ हुर्र्िकएँ । यस हिसाबले यो क्षेत्रको मुख्य समस्या केके छन् त्यसलाई राम्ररी नियालेको छु । यहाँका जनता के चाहन्छन् त्यो पनि बुझेको छु । अहिलेसम्म हामीले देश विकास गर्न राजनीतिक दल चाहिन्छ भन्ने बुझ्यौं । तर, स्थानीय क्षेत्रको विकासका लागि स्थानीय व्यक्ति नै लाग्नुपर्दछ । हाम्रा सानादेखि ठुला समस्या हल गर्न यहाँको हरेक घरपरिवारको अवस्था बुझेको, शिक्षित व्यक्तिलाई स्थानीय निकायमा ल्याउन सक्यौं भने विकास हुन सक्छ । यसका लागि मैले ५ बर्षे र १० बर्षे का लागि दीर्घकालीन र अल्पकालिन योजना नै बनाएको छु ।
तपाईँको उम्मेदवारी पार्टी उम्मेदवारी या स्वतन्त्र उम्मेदवार ?
वडाको साझा ऐजेण्डा मिलेमा पार्टीको पनि हुन सक्छु तर नमिलेमा स्वतन्त्र पनि हुन सकिन्छ तर यो स्थानीय निकायको निर्वाचन भएकोले हामीले कुनै दलको एजेण्डाबाट प्रभावित भएर भोट हाल्नु हुन्न । हामीसँग जो नजिक हुन्छन् । हाम्रो वडाका समस्या जसले हल गर्ने प्रतिबद्धता गर्छन् त्यस्ता व्यक्तिलाई हेरेर भोट हाल्ने हो । जहाँसम्म मेरो उम्मेद्वारीको कुरा छ । मेरा आफ्नै एजेण्डा भएकाले कुनै दलको एजेण्डा बोन्न जान्न । मेरो एजेण्डामा जुन दल सहमत भएर आउँछ त्यो सँग सहकार्य हुन्छ नभए म स्वतन्त्रका रुपमा ।
२ नं. वडाका मतदाताको भनाई चाहिँ के रहेको छ ?
यहाँका जनताको विचार पनि दल भन्दा पनि व्यक्तिलाई हेर्ने भन्ने नै छ । त्यही भएरपनि मलाई उम्मेदवारी दिनुपर्छ भन्ने दबाब छ । मेरो भनाई पनि हाम्रालाई हैन राम्रालाई भोट दिउँ भन्ने छ । जो सँग भिजन छ, शिक्षित छ, जसले स्थानीय जनताको आवाज बोक्न सक्छ त्यस्ता व्यक्तिलाई नै चुन्नुपर्छ भन्ने छ ।
अन्तमा, तपाई के भन्न चाहानु हुन्छ ?
सबैको सहयोग र सहकार्यमा नै मेरो उम्मेदवारी हो । विशेष गरी यो क्षेत्रका मतदाताले मलाई यस पटक अध्यक्षमा उठ्नुपर्छ भनेर नै साथ र सहयोग गर्नुभएको छ । यो वडाका लागि मात्र हैन समग्र विराटनगरको विकासका लागि मेरो उम्मद्वारी हुनेछ भन्ने आम मतदातामा जानकारी गराउँछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.