नेकपा एमाले मोरगं जिल्ला होमियो निर्वाचनमा

नेकपा एमाले मोरगं जिल्ला होमियो निर्वाचनमा

विराटनगर । उम्मेदवार छनौटको काम अन्तिम चरण तथ केही उम्मेदवारहरुको नाम टुगो पुर्याएको नेकपा एमाले मोरंग योजनाबनाएर चुनावी दौडमा होमिएको छ । जिल्लाका सवै क्षेत्र, गाउपालिका र नगरपालिकामा मत परिणाम आफ्नो पक्षमा पार्ने लक्ष्य सहित एमाले मोरंग चुनावमा परिचालन हुने पुर्व अध्यक्ष महेश रेग्मीले बताएका छन् ।
जिल्ला पार्टी कार्यालय पाञ्चालीमा बसेको सचिवालयको वैठकले विभिन्न समितिबनाएर चुनावमा परिचालन गर्ने निर्णय गरेको हो । एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाकाअधिकांश स्थानीयतहमा सुर्यध्वजाबहाकउम्मेदवारलाई जिताउने गरि सम्पूर्ण शक्ति परिचालनगर्ने निर्णय भएको एमाले मोरंगकासचिवऋषिकेश पोखरेलले जानकारी दिए ।
वैठकले जिल्लाभरको निर्वाचन परिचालनको संयोजन गर्ने जिम्मेवारी पार्टी सचिवऋषिकेश पोखरेललाई दिएको छ भने जिल्लानिर्वाचनकार्यालयको स्थापना समेत गरेको छ । सचिवपोखरेल प्रमुख रहने त्यस कार्यालयको संयोजन गर्ने जिम्मवारी नरेश पोखरेललाई दिइएको छ । कार्यालयमा रहि निर्वाचनसम्बन्धिकामगर्न जिल्ला कमिटी सदस्यहरु नरेन्द्र बराल, पर्षुराम बस्नेत, ओसीमआलम, मणी दाहाल, बिमलादाहाल, किशोर धमला, भाष्कर खनाल र जगत थापालाई जिम्मेवारी दिइएको छ ।
यस्तै वैठकले विराटनगर महानगरपालिकानिर्वाचन परिचालन समिति समेत गठन गरेको छ । एमाले मोरंगका उपाध्यक्ष रामलाल साहको संयोजन रहने समितिमा महानगरपालिकाका इञ्चार्ज सागर थापालाई सचिव र सम्पूर्ण जिल्ला कमिटी तथा नगर कमिटीका सदस्यहरुलाई सदस्य बनाइएको छ ।
वैठकले नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितको संयोजकत्वमा अनुगमन समिति बनाएको छ । अनुगमन समितिमा जिल्लामा रहेका केन्द्रीय सदस्यहरु, विभाग कमिटि सदस्य, प्रदेश कमिटि सदस्य तथा जिल्ला कमिटिका पदाधिकारी सदस्य रहने व्यवस्था गरेको छ । यसैगरि जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय तथा जिल्लातहका नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.