भरतपुर घटनाको निर्णयबारे भट्टराईले भने -‘… काल पल्क्यो’

भरतपुर घटनाको निर्णयबारे भट्टराईले भने -‘… काल पल्क्यो’

काठमाडौँ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयको नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले पनि व्यंग्यात्मक रुपमा विरोध गरेका छन् ।

भरतपुर घटनामा आएको निर्णयले निर्वाचन आयोगको निरीहता झल्किएको डा. भट्टराईले भनेका छन् । उनले लोकतन्त्रको भविष्यमाथि प्रश्न उठाएका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले बडा नम्बर १९ को सम्पूर्ण मतदान केन्द्रको मतपत्रलाई अवैध घोषणा गरी पुनः मतदान गर्ने निर्णय गरेको हो । मतगणनाको क्रममा जेठ १४ गते राती एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच विवाद हुँदा ९० मतपत्र च्यातिएका थिए  ।

आयोगको निर्णयमा भनिएको छ–स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको हुँदा सोहि दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको बडा नम्बर १९ को मदतान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरि मतदान गर्ने ।’

रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय ताेक्न भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी समेत आयोगले दिएको छ ।

भरतपुर महानगरको मेयरमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल चुनावी मैदानमा छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनको ट्वीट छ – ‘‘भरतपुरवारे निर्वाचन आयोगको निर्णयले ‘मरी भन्दा काल पल्क्यो भन्ने डर चरितार्थ गर्यो । आयोगको निरीहता झल्क्यो । लोकतन्त्रको भविष्य ?’

निर्वाचन आयोगको निर्णय एमालेले यसअघि नै विरोध गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.