सिंहदरबारबाट नै प्रधानमन्त्रिले जनताको नाममा अन्तिम सम्बोधन, जानेबेलामा जस्केलाबाट राजिनामा

सिंहदरबारबाट नै प्रधानमन्त्रिले जनताको नाममा अन्तिम सम्बोधन, जानेबेलामा जस्केलाबाट राजिनामा

बिराटनगर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसदलाई विशेष सम्बोधन गर्दै राजीनामा दिने प्रयास असफल भएपछि उनले देशवासीलाई सम्बोधन गर्ने भएका हुन् ।

मंगलबार नै संसदलाई सम्बोधन गरेर राजनीमा दिने तयारी गरेका प्रधानमन्त्री दाहालले एमाले अवरोधका कारण संसद बैठक चल्न नसकेपछि सम्बोधन गर्न पाएका थिएनन्।  निर्वाचन आचार संहिता लागु भएपछि तराईका केही जिल्लामा स्थानीय तह थपेको विरोधमा एमालेले मंगलबारको संसद बैठक अवरुद्ध पारेको थियो।
संसद खुलाउन मंगलबार अबेरसम्म भएका छलफल निष्कर्षमा पुग्न नसकेपछि बैठक बस्दै नबसी बुधबार अर्को बैठक डाकिएको थियो। एमालेले संसद अवरुद्ध पार्ने अडान कायम राखेपपछि बुधबार पनि संसद बैठक बस्न सकेन।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन । लगातार दुई दिन संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । अब प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने स्रोतले बताएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *