निजि बिद्यालयमा तालाबन्धि

निजि बिद्यालयमा तालाबन्धि

विराटनगर । मोरगं जिल्लामा रहेका अनि नाम चलेका निजि बिद्यालयमा स्थानीय बिद्यार्थी नेताहरुले संगठनले तालाबन्धी तथा चावी लगाएको छ ।
निजी विद्यालयले शुल्क वृद्धि गरेको विरोध गर्दै केही समय देखि आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले विराटनगर उपमहानगरपालिका भित्र रहेका ठुला निजी स्कुलहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका छन् । शुल्कवृद्धिको विरुद्धमा मंगलबारदेखि आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले बुधबार निजी विद्यालयका लेखा र प्रशासन साखामा तालाबन्दी गरेका हुन् ।
अखिल क्रान्तिकारी , नेविसंघ, अनेरास्वयु, अनेरास्ववियु क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले विराटनगरको सगरमाथा, विकेभिएम, एभरेष्ट, दिल्ली पब्लिक, सेन्जोसेफ, डिएभी, इडेन, युरोकिड्स लगायत एक दर्जन स्कुलको लेखा र प्रशासनमा ताला लगाएका अखिलका एक नेताले बिराटखबरलाई जानकारी दिए । निजी स्कुलले मनोमानी ढंगबाट शुल्क बृद्धि गरेकाले केन्द्रको निर्णय अनुसार तालाबन्दी गरिएको न्यौपानेले बताए । शुल्क बृद्धि फिर्ता नलिएसम्म ताला नखोल्ने उनले बताए । बिराटनगर लगायत मोरगंका अन्य शहरमा समेत ताला लगाइएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.