बालश्रमिक अनुगमन तिब्र

बालश्रमिक अनुगमन तिब्र

विराटनगर उपमहानगरपालिका भित्र बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमन गरी बालश्रिमक पाइएका होटल तथा ग्यारेजलाई कारवाही अगाडि बढाउने योजना उपमहानगरपालिकाले बनाएको छ ।
विराटननगर उपमहानगरपािलकाकाले यो अभियानलाई तिब्र पार्ने र कार्बाहीलाई कडा बनाउने निति समेत पारीत गरेको छ । उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधानले अब बिराटनगर बजारमा कुनै पनि बालश्रमिक देख्न र भेट्न समेत पाइने छैन् जसका लागि नगरपालिकाले कडा निति अबलम्बन गरेको बताउनु भयो ।
बिषेश गरी विराटनगर—५ मा रहेको नोबेल अस्पताल आसपासका होटल तथा क्यान्टिन, मुनालपथ आसपासका मोटरसाइकल ग्यारेज र फ्रेस हाउस, विराटनगर–१७ मा रहेको आँखा अस्पताल आसपासका होटलहरु तथा विराटनगर–२० मिल्स एरियाका होटलहरुमा अनुगमन गरिएको थियो । विराटनगर बालमैत्री नगर घोषित भएकोले बालमैत्री नगरभित्र बालश्रम नसुहाउने र बालश्रमिक राख्न नपाईने भएको हुदां नगरपालिकाले सरोकारबाला संग मिलेर अभियानलाई शसक्त बनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *