Skip to content
Biratkhabar

Biratkhabar

Primary Menu
  • गृह
  • समाचार
    • समाज
    • अपराध
    • विश्व
  • राजनीति
  • अर्थ वाणिज्य
  • खेलकुद
  • मोफसल
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • साहित्य
  • प्रविधि
  • मनोरञ्जन
  • रोचक प्रसंग
Light/Dark Button
  • Home
  • बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0 comments
IMG_8403

विराटनगर।  मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ।
युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो।  जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त संस्थालाई एकीकृत ओन्कोलोजी र प्यालिएटिभ केयर ESMO नियुक्त केन्द्रको रूपमा अवार्ड प्रदान गरिएको हो। क्यान्सर इन्स्टिच्युटले सन् २०२६ देखि २०२८ सम्मका लागि ESMO नियुक्त केन्द्रको रूपमा मान्यता प्राप्त गरेको छ।   ESMO डिजाइनेटेड सेन्टर कार्यक्रमले विश्वभरका ओन्कोलोजी र प्यालिएटिभ केयर सेवाहरूको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ संचालन गरिँदै आएको छ।  यो मान्यता तीन वर्षका लागि अवधिको लागि हुने  ESMO ले जनाएको छ।   यो मान्यताले विराट क्यान्सर इन्स्टिच्युटले विश्व-स्तरीय ओन्कोलोजी सेवा, करुणामय प्यालिएटिभ केयर र बिरामीको मर्यादा प्रति अटल प्रतिबद्धता राखेको प्रमाणित गरेको छ।
यो नेपालमा बहु-अनुशासनात्मक क्यान्सर र प्यालिएटिभ केयर सेवाहरूलाई अगाडि बढाउने दिशामा ऐतिहासिक र उल्लेखनीय कदम भएको  रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ। यस प्रतिष्ठित पुरस्कारका लागि गरिएको पहल र अथक परिश्रमको लागि एसोसिएट प्रोफेसर मेडिकल अनकोलोजिस्ट तथा हेमाटोलोजिस्ट डा. सुलभ सापकोटाको भूमिका महत्वपूर्ण रहेको छ। उनको नेतृत्वमा यो उपलब्धि हासिल भएको हो। यस महत्वपूर्ण उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण ओन्कोलोजी टिमलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको छ। यो मान्यताले नेपाली स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचार र प्यालिएटिभ केयरको गुणस्तर सुधार गर्न तथा अन्तर्राष्ट्रिय मानक अनुरूपको सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

About the Author

विराट खबर

Administrator

विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।

Visit Website View All Posts

Post navigation

Previous: जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

Related Stories

chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0
12
  • Uncategorized
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाचार

मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा

विराट खबर 4 weeks ago 0

You May Have Missed

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0
12
  • Uncategorized
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाचार

मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा

विराट खबर 4 weeks ago 0
Copyright © 2025 All rights reserved. | ReviewNews by AF themes.