FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्वमन्त्री रन्जिता श्रेष्ठसहित सात जनामाथि घुस/रिसवत लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र सोही व्यवसायीबाट भूमि आयोगको सदस्य बनाइदिन्छु भन्दै २५ लाख रुपैयाँको घुस डिल गरेको  अनुसन्धानमा खुलेको भन्दै आयोगले उनिहरु विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको हो ।

उक्त उजुरीको अनुसन्धान क्रममा कास्कीको पोखरा–१६ (साविक बाटुलेचौर–१) स्थित लिची बगैचाको नक्सा नं. २५, २६ र २८ का जग्गासम्बन्धी नामसारी प्रक्रियामा अनियमितता भएको पुष्टि भएको समेत आयोगले जनाएको छ ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail