FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

काठमाडौं । कोशी प्रदेश सरकारले असोज १७ र १८ गतेको अविरल बर्षापछि इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत पुर्‍याएको छ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पठाएको मुख्यमन्त्री हिम्मत कुमार कार्कीले जानकारी दिए।

मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु इलामका लागि पठाइएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्की आफैँ राहत सामग्री लिएर इलाम गएका थिए। उनले आज बिहान इलामका बाढी पहिरो र विपदबाट पीडितसँग भेटघाट गरी सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

बाढी पहिरोका कारण इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail