FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

 काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हाल सम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र त्रिवि शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको छ ।  त्यस्तै काठमाडौ बाहिर सुनसरीको इटहरीमा  प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ ।  काठमाडौ बाहिरका धेरै सहरहरुमा  जेनजीहरुले प्रदर्शन गरेका थिए । त्यसविरुद्ध  सरकारले दमन गरेको थियो ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।  प्रहरीले न्युनतम संयमता पनि गुमाएर प्रदर्शनकारीमाथि आक्रमण गरेको थियो ।  त्यसक्रममा   निजामती अस्पतालभित्रै पसेर प्रहरीले आन्दोलनकारीमाथि आक्रमण गरेको थियो। डाक्टरहरुलाई समेत अश्रु ग्यास लागेको थियो ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail