भोजपुर । भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका लागू औषध गाँजाको ८ हजार बोट तथा बेर्नाहरु प्रहरीले
फडानी गरी नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत डाँडा पाखामा अबैध रुपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियानको क्रममा यो साता भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडा एरियाका करिव ४३ रोपनी क्षेत्रफलमा आफै उम्रिएका ४ हजार २ सय वटा गाँजाको बोट र ३ हजार ८ सय गाँजाको बेर्ना फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले डाँडा पाखामा उम्रिएका लागूऔषध गाँजाको बोट तथा बेर्नालाई निरन्तररुपमा फडानी गरी नष्ट गर्दै आईरहेको छ ।