बिराटनगर । एन.आई. सी. एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच यस बैंकका ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौता सँगै अब यस बैंकका ग्राहक महानुभावहरुले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सकिने बैकले जनाएको छ । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इको सिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुखक ार्यकारी अधिकृत यमबहादुर महत बिच सयुक्त हस्ताक्षर सम्पन्न भएको छ । यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वामा बैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नु पर्ने छ । यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप ओम हस्पिटल सँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको बैकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राजखनियाले जानकारी गराउनु भएको छ ।