FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail
विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह–आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य (Women’s Reproductive Health) विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ ।

महिला उद्यम समितिकी संयोजक श्री श्रुति शर्माज्यूको संयोजकत्व तथा मोरङ उद्योग व्यापार संघका
वाणिज्य उपाध्य
क्ष श्री अनिल सारडाज्यूको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमलाई समितिकी सचिव श्रीमती जिना श्रेष्ठले संचालन गर्नु भएको थियो भने म्यारी स्टोप्स् इन्टरनेश्लन, काठमाडौँकी मार्केटिङ एण्ड कम्युनिकेशन मेनेजर श्रीमती हिमा मिश्रज्यूले महिलाहरुमा देखिने प्रजनन् स्वास्थ्यका विषयमा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति सदस्यहरु, म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालका प्रतिनिधिहरु सहित नेपाल उद्योग वाणिज्य महासंघ – कोशी, नेपाल उद्योग परिसंघ – कोशी, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, उमिन आन्टरप्रिनियर्स एशोसिएशन नेपाल लगायत विभिन्न संघ–संस्थाका महिला उद्यम समितिकी अध्यक्षज्यूहरु तथा प्रतिनिधिज्यूहरु, विभिन्न विद्यालयकी छात्राहरु र महिलाहरुको उपस्थिति रहेको थियो ।
FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail