अंग्रेजी माध्यमको पोखरीया उच्च मावि लोकप्रिय बन्दै, सरकारी मै गुणस्तरीय शिक्षा भएपछि निजी विद्यालयलाई चुनौति

अंग्रेजी माध्यमको पोखरीया उच्च मावि लोकप्रिय बन्दै, सरकारी मै गुणस्तरीय शिक्षा भएपछि निजी विद्यालयलाई चुनौति

आगामी चैत्र २९ गते हुने प्राविधिक शिक्षाको प्रवेश परिक्षाका लागि आबेदनको चाङ छ । पुर्वाञ्चलका विद्यालयहरुका लागि रोल मोडल बन्दै छौं : महेश कुमार गौतम, निमित्त प्रधानाध्यापक, पोखरीया उच्च मा.वि.

अंग्रेजी माध्यममा गुणस्तीय शिक्षा प्रदान गरेपछि लोकप्रिय बन्दै गएको विराटनगरको पोखरीया उच्च मावि सरकारी विद्यालयहरुका लागि रोल मोडल बन्दै गएको छ । निजी विद्यालयले प्रदान गर्ने शिक्षण तथा सेवा सुविधालाई न्यूनतम शुल्कमा प्रदान गरेपछि पोखरीया माविलाई पुर्वाञ्चलका अन्य सरकारी विद्यालयहरु पनि अनुसरण गर्न थालेका छन् । निजी विद्यालयलाई नै चुनौति दिदै गुणस्तरीय शिक्षामा अघि बढ्दै गएको पोखरीया उच्च मावि कस्ता कार्यक्रमहरुका साथ अघि बढ्दै छ ? यसै सन्दर्भमा विराटखवरका लागि विपी कोइरालाले गरेको कुराकानी ।

पोखरीया उच्च माध्यमिक विद्यालय कस्तो लक्ष्य सहित अघि बढेको छ ?
पोखरिया उच्च माविको मुल नारा नै “प्रतिस्पर्धाको लागि गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षाको लागि पोखरीया” हो । हामीले गरेर देखाएका छौं । हिजोको दिनमा यो नारा लिएर अभियानका रुपमा अविभावकहरु माझ जाँदा कसैले विश्वास गरेनन् । स्वभाविक पनि थियो। सरकारी स्कुलप्रति वितृष्णा नै पैदा भइसकेको अवस्था थियो । तर पोखरीया स्कुलको सहयोगी टिम दृढता पुर्वक लागिरह्यो । आज हामीले हाम्रो नारालाई सार्थक तुल्याउँदै गएका छौं ।

अहिले सम्मको अवस्थामा आइपुगेर विगतलाई नियाल्दा पोखरीया उच्च माविमा कस्तो फरक देख्नुहुन्छ ?
२०६९ भदौ १५ गते सरुवा भएर यहाँ आउँदा साथीहरुको जोस, जाँगर र सहकार्यमा जुटेको देखेर टिमको उर्जालाई शिक्षणमा उतार्न हामी सहमत भयौं । प्रधानाध्यापक पनि उत्साहित हुनुहुन्थ्यो । हामी सबै निजी विद्यालयप्रति अभिभावकको आकर्षण तथा सरकारी विद्यालय प्रतिको अरुचीबारे अध्ययन गर्दै विद्यालयलाई नयाँ मोड दिने संकल्प गर्‍यौं । शैक्षिक सत्र २०६८ देखि विद्यार्थी संख्यामा देखिएको ह्रासलाई न्यून गर्ने अभियान अन्तर्गत नै हामीले अंग्रेजी भाषामा शिक्षण शुरु गर्‍र्यौ । सेवा सुविधा विस्तारमा लाग्यौं । आज धेरै निजी विद्यालयहरु हामीलाई इष्र्याको दृष्टिकोणले हेर्न बाध्य छन् ।

अहिले निजी विद्यालयलाई चुनौति दिने अवस्था छ र ?
विराटनगर ४ मा रहेको पोखरीया उच्च मावि कक्षा नर्सरी देखि १० सम्म अंग्रेजी माध्यम र कक्षा ६ देखि १२ सम्म नेपाली माध्यममा पनि कक्षा सञ्चालन गरिरहेको छ । विकास कार्यक्रम (SSDP) ले समेत सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षालाई महत्व दिएकाले हामी सफल भयौं । यतिमात्र नभएर राज्यबाट उच्च शिक्षा सम्मका प्राविधिक तथा अन्य विषय अध्ययनमा विभिन्न सुविधा लगायत छात्रवृत्तिको व्यवस्था समेत विद्यार्थीहरुलाई प्राथमिकता दिइरहेको छ । प्राविधिक शिक्षाको शुरुवात पछि अझ निजी विद्यालयहरु भmस्किएका छन् ।

पोखरीया उच्च माविबाट उत्पादित विद्यार्थीहरुको अवस्था कस्तो छ नि ?
पोखरीया उच्च मावि सामुदायिक विद्यालयमा अग्रस्थानमा रहेको छ । झन अंग्रेजी माध्यमको परिक्षाफल आउन थालेपछि मोरङ जिल्लाकै सामुदायिक विद्यालयमा अग्र स्थानमा उभिन सफल भएको छ । शैक्षिक सत्र २०७१ मा प्रथम पटक अंगेजी माध्यम भएपछि शुरु मै ४१ विद्यार्थीहरुमध्ये ७ जना विशिष्ट श्रेणी तथा शत प्रतिशत प्रथम श्रेणीमा उतीर्ण भए । शैक्षिक सत्र २०७२ मा ८७ विद्यार्थी मध्ये २७ जना ए प्लस, ४५ जना ए र बाँकी बि प्लस र बि ग्रेडमा उतीर्ण भए । मोरङका सामुदायिक विद्यालयहरुमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी पनि हाम्रै विद्यालयले प्रदान गर्‍यो । अहिले विद्यार्थीहरुको संख्या १ हजार ४ सय ३२ छ । कक्षा ८ मा ३ वटा सेक्सन गरी २ सय ५१ विद्यार्थी तथा कक्षा ९ र १० मा ४ सेक्सन गरी २ सय ५३ विद्यार्थी रहेका छन् । नयाँ सेक्सन बाट संख्या अझ बढ्ने निश्चित छ । हामीले अभिभावकहरुको मन जितिसकेका छौं ।

आगामी शैक्षिक सत्रमा अरु केही नयाँ कार्यक्रम छन् कि पुरानैले निरन्तरता पाउँछ ?
कम्प्युटर इन्जिनियरीङमा विद्यार्थीहरुको आकर्षण बढेकाले हामीले यसको लागि ५० कम्प्युटर थप गर्दै छौ । आगामी चैत्र २९ गते हुने प्राविधिक शिक्षाको प्रवेश परिक्षाका लागि आबेदनको चाङ छ । नियमित दर्जनौंको संख्यामा अभिभावकहरु आइरहनुभएको छ । हामी प्रयोगात्मक पक्षलाई जोड दिइरहेका छौं । विज्ञान प्रयोगशाला भएका आधुनिक उपकरणहरु पनि विद्यार्थीहरुका लागि आकर्षण बनेका छन् । हामी अझ नया शैलि र कार्यक्रमका साथ अघि बढ्छौं ।

पोखरीया उच्च माविलाई कुन स्तर सम्म अघि बढाउने लक्ष्य छ ?
हाम्रो मुल लक्ष्य हो आफु देशमै रोल मोडल बनेर सामुदायिक विद्यालयहरु प्रति आम जनतामा सकरात्मक दृष्टि प्रदान गर्नु हो । हामी आफु मात्र नभएर सबै सामुदायिक विद्यालयहरु निजी विद्यालयको स्तरमा खडा भएको हेर्न चाहन्छौं । त्यसैको लागि हामी आफु तिब्र गतिमा अघि बढ्न चाहन्छौं । निजी विद्यालय प्रति अभिभावकहरुको जुन आकर्षण छ त्यो हाम्रै कमजोरीले हो । अब सामुदायिक विद्यालयहरु उदाहरणीय बनेर देखाउने बेला आएको छ । अहिलेकै अवस्थामा निजी विद्यालयहरुलाई पोखरीयाको गुणस्तर चुनौतिपुर्ण बन्दै गएको छ । विद्यार्थीहरु र अभिभावकहरुको पनि सकरात्म दृष्टिकोण भए व्यवसायिक बन्दै गएका निजी विद्यालय प्रतिको आकर्षण कम हुदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.