विराटनगर । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ खानेपानीको लागि दबाब दिन भन्दै सिंहदरबार प्रवेश गरेका छन् ।

संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न मेयर साम्पाङ मंगलबार सिंहदरबारमा प्रवेश गरेका हुन् ।

धरानमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारलाई दबाब दिनुपरेको मेयर साम्पाङले बताए ।आ-आफ्नो काम इमान्दारिता साथ गर्नुपर्ने उनको भनाई छ ।

त्यसअघि मेयर साम्पाङ रित्तो गाग्रीसहित प्रवेश गर्न सक्ने भन्दै सिंहदरबार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।