विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेश सभाको हिउँदे अधिवेशनमा विजनेस अभाव नहुने बताएका छन् । प्रदेश सभाको हिउँदे तथा छैटौं अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।

आइतबार पत्रकार सम्मेलन गरी लिङ्थेपले अधिवेशनमा विजनेस अभाव नहुने बताएका हुन् ।

सत्तारूढ दलका प्रमुख सचेतक लिङ्थेपले अधिवेशनमा सरकारले १० वटा विधेयक पेस गर्ने जानकारी दिए ।

६ वटा नयाँ विधेयक र ४ वटा संशोधन तयार रहेको बताउँदै उनले भने, ‘दुई महिनालाई विधेयक अभाव हुने छैन ।’

कानुन निर्माण गर्नुअघि तल्लो तहसम्म छलफल गरेर विधेयक ल्याउन सरकारलाई आग्रह पनि गरिएको उनल बताए ।