आगामी बजेटमा नीतिगत सुधार सहित नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने: अर्थमन्त्री महरा

आगामी बजेटमा नीतिगत सुधार सहित नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने: अर्थमन्त्री महरा

विराटनगर । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय स्वार्थ प्रतिविम्वित हुने गरि आगामी बजेटमा उद्योग व्यवसायहरुलाई प्रोत्साहन गरिने बताउनुभएको छ ।
अर्थमन्त्रालय , राजस्व परामर्श समितिले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७४/७५ को बजेटको पूर्व तयारीको सन्दर्भमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रियामा उहाले नीजि क्षेत्रका  लागि नीतिगत सुधार गरिने बताउनुभएको हो ।

मन्त्री महराले आगामी बजेटमा नीजि क्षेत्र राज्यको स्वार्थ भन्दा बाहिर नजाने किसिमले नीतिहरु संशोधन तथा परिमार्जन गर्ने स्पष्ट पार्नुभएको हो । उहाँले औद्योगिक नगरी विराटनगरलाई महानगरपालीका बनाउने विषयमा आफु गम्भिर रहेको बताउनुभयो । उहाँले विराटनगरलाई महानगरपालीका बनाउने विषयमा शिघ्र प्रधानमन्त्री, विभिन्न पार्टी साझेदारहरुसँग छलफल गर्ने बताउनुभयो ।

कार्यक्रममा राजस्व सचिव राजन खनालले कर भन्सारमा व्यवसायीले भोगिरहेको समस्या दृष्टिगत गर्दै प्रणालीगत सुधारको कार्य भइरहेको बताउनुभयो ।  कार्यक्रममा उद्योगी व्यवसायीहरुले अधिक करका कारण भारतसँग प्रतिष्पर्धा गर्न नसक्दा उद्योगहरु धरासायी बन्दै गइरहेको गुनासो गरेका थिए ।

आगामी बजेटमा विराटनगरमा क्षेत्रीय विमानस्थल, प्रदर्शनीमार्ग, चक्रपथ निर्माण तथा कृषिमूखी उद्योगलाई प्राथमिकतामा राख्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । बैंकिङ क्षेत्रमा बेलगाम ब्याजको अषरले व्यवसायीहरु मारमा परेको, आयात निर्यातमा जटिलता रहेको लगायतका समस्या राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.