सप्तरीको फत्तेपुरवासी पानीको अभावमा

सप्तरीको फत्तेपुरवासी पानीको अभावमा

https://www.youtube.com/watch?v=2AWYbgPd_xI

नेपालकै जेठो नहर चन्द्रनहरको नजिकै रहेको सप्तरीको फत्तेपुरवासी पानीको अभावका कारण मर्कामा परेका छन्। नगरपालीका बनिसक्दा समेत नगरवासी खानेपानीको पर्खाइमा रहेका छन् ।
नेपालको सबैभन्दा पुरानो नहर हो चन्द्र नहर । १२ महिना त्रियुगाको पानी बगिरहँदा नजिकै रहको गाउँ पानी अभावमा बत्ति मुनिको अँध्यारो बनेको छ । सप्तरी र उदयपुर जिल्लाको सीमानामा पर्ने फत्तेपुरको खोरियाटोलका सर्वसाधारण यतिबेला दैनिक प्रयोगमा आवश्यक पर्ने पानी नहुँदा मर्कामा परेका छन्।
सुख्खा क्षेत्र समेत रहेको यो स्थानमा दर्जनौ फिट गहिराइबाट समेत ट्यूवेलमा पानी नआएपछि विगत दशकौं देखि उनीहरुले पानीको लागी कोषौ दुर जानुपरेको थियो। बिगत केही बर्षयता स्थानियले नजिकै रहेको अमाहा खोला र जुटपानीबाट एकतृत गरेर घर घरमा जडान गरिएको नलबाट दैनिक प्रयोजनका लागि पानीको व्यवस्था गरेका थिए ।  तर अहिले  ति खोलाहरु पनि सुक्दै गएका छन । भिरालो ठाउँमा रहेको यो सुख्खा क्षेत्रमा व्यवस्थित पानीको लागि कतैबाट पहल हुन नसक्दा समस्या भएको स्थानियको भनाइ छ ।
पीउने पानीका लागि केही दुरीमा रहेको ट्यूवेलबाट लामो लाइन बसेर पानी भर्नुपर्ने सर्वसाधारणको वाध्यता रहेको छ ।
पशुपालन तथा कृषि पेशामा निर्भर रहेका उनीहरु जम्मा गरेको पानी हप्तौ सम्म राखेर प्रयोग गरिरहेका छन् । यो सुख्खा क्षेत्रमा रहेका जनतालाइ पशुपालन तथा खेतिबारीका लागि पानीको धौ धौ परेको छ। कपडा धुन समेत साइत जुराउनुपर्ने अवस्था सृजना भएको गुनासो छ । स्थानियले सरोकारवाला निकायलाइ पहल नगरेका पनि होइनन् । तर कहि कतै समाधानमुखी प्रतिक्रिया नआएको स्थानिय अगुवाहरु बताउँछन् ।
सप्तकोशी नगरपालीकमा पर्ने फत्तेपुरका सयौं घरहरु पानीको समस्या झेलिरहेका छन्। १ ट्यूवेलमा २२ घरले पानीको प्रयोग गर्नुपर्ने अवस्था छ यहाँ । बिना मापदण्ड नगरपालीका घोषणा गर्न हतारो गर्ने सरकारले जनताको आधारभूत आवाश्यता पुरा गर्न तत्काल नलागे जनताको निराशा आक्रोसमा परिणत हुने निश्चित छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.