गुणस्तरीय प्राविधिक शिक्षाका लगि भारत जानु आवश्यक छैन, हामी न त गुणस्तरमा कम्प्रमाइज गछौं न त दक्ष अध्यापकमा; अमित सुराना

गुणस्तरीय प्राविधिक शिक्षाका लगि भारत जानु आवश्यक छैन, हामी न त गुणस्तरमा कम्प्रमाइज गछौं न त दक्ष अध्यापकमा; अमित सुराना

इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरले स्नातकोत्तर तह शुरु गर्ने तयारी गरेको छ। पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले वाटर सप्लाई, इनफरमेसन सिस्टम, हाइड्रोपावर, कन्सट्रक्सन मेनेजमेन्ट र अर्थक्वेक इन्जीनियरिङमा  स्नातकोत्तर तह राख्न तयारी थालेको हो । कलेजले विइ सिभिल, विइ कम्प्युटर, विइ इलेक्ट्रोनिक र कम्युनिकेशन विषयमा स्नातक तह गराउँदै आएको छ । १६ बर्षदेखि पुर्वाञ्चलमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको कलेजका प्रिन्सीपल अमित सुरानासँग विराटखबरकालागि विपी कोइरालाले गरेको कुराकानी ।
के मा व्यस्त हुनुहुन्छ ?
कलेजको व्यवस्थापकीय जिम्मेवारी त छँदैछ साथ–साथ शैक्षिक कार्यक्रमहरुलाई सफलता पुर्वक सम्पन्न गर्ने विषयमा गृहकार्यमा जुटेको छु ।

कलेजले के कस्ता नयाँ कार्यक्रमहरु ल्याउँदैछ ?
इन्जिनियरिङ विषयको स्नातक तह सम्म अध्यापन गराउँदै आएको हाम्रो कलेजले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तह ल्याउँदैछ । त्यसका लागि पुर्वाञ्चल विश्व विद्यालयमा हामीले प्रपोजल दिइसकेका छौं । यस अन्तर्गत मास्टर्स इन वाटर सप्लाई, इनफरमेसन सिस्टम, हाइड्रोपावर, कन्सट्रक्सन मेनेजमेन्ट र अर्थक्वेक इन्जीनियरिङमा विषयहरु छन् ।

नयाँ शैक्षिक सत्र नजिकिदैछ, कलेजले विद्यार्थीहरुका लागि कस्ता स्किम ल्याउँने तयारी गर्दै छ ?
आगामी श्रावण महिनाबाट नयाँ सेक्सन शुरु हुँदैछ । हामीले उच्च माध्यमिक तहको मार्कसिट हेरेर अधिक प्रतिशत प्राप्त गर्ने विद्यार्थीहरुलाई छुट दिदै आएका छौं। टपरलाई शत प्रतिशत छुटको व्यवस्था छ । महिलाहरुलाई ८० प्रतिशत सम्म छुटको व्यवस्था छ । ७० प्रतिशत भन्दा अधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई ८० प्रतिशत छुटको व्यवस्था छ । हामीले १० प्रतिशत छात्रवृत्ति  जसमध्ये आर्थिक अवस्था कमजोर भएकाहरुलाई ५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौं ।  प्रतिष्पर्धाको यो समयमा प्राविधिक शिक्षामा १ नम्बरमा उपस्थित हुने योजना सहित सिलेभस बाहेकका अनेकौं व्यवहारीक र फिल्ड कार्यक्रमहरुको योजना बनाउने क्रममा छौं ।

प्राविधिक कलेजहरुको संख्या बढ्दो क्रममा छ । विद्यार्थीहरुले कलेज कसरी छनौट गर्ने ?
म हाम्रै कलेज आउनुहोस भन्दिन । म के भन्छु भने सबै कलेजको विगतको पृष्ठभूमिलाई गहिराइमा अध्ययन गर्नुहोस । हामि विगत १६ बर्षदेखि कलेज सञ्चालन गर्दै आएका छौं । हामीले विद्यार्थीको मनस्थिती बुझेका छौं । विद्यार्थीहरुलाइ म के आग्रह गर्न चाहन्छु भने कलेजको संरचना, ल्याब र प्राक्टिकल अध्यापनको गुणस्तर, विगतमा पास भएर गएका विद्यार्थीहरुको वर्तमान स्थितीको मूल्यांकन गर्नुहोस कलेजको आफैं मूल्याङन भइहाल्छ ।

इस्टर्न कलेज अफ इन्जिनियरिङको उत्पादन चाहीँ कस्तो छ नी ?
यहाँबाट उत्पादन भएका अधिकांश विद्यार्थीहरु आत्मनिर्भर भइसकेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा रहेर कार्य गर्दै  छन् । कतिपय विद्यार्थीहरुले आफ्नै वनरसिमा काम गर्दै आएका छन् । हामीले दक्ष विद्यार्थी उत्पादनका लागि प्रवेश परिक्षामा नै कडाइ गर्ने गरेका छौं । विद्यार्थीको वौद्धिक स्तरका आधारमा विद्यार्थी छनौट हुने भएकाले उनीहरुलाइ रोजगारीमा कुनै समस्या हुँदैन ।

विद्यार्थीहरुको प्रयोगात्मक पक्षलाई कलेजले कसरी हेर्दै आएको छ ?
हाम्रो प्रमुख जोड नै प्रयोगात्मक पाटो हो । SAP, Land Development, PHP, Ardino, Autocad जस्ता ट्रेनिङ गराउँछौ जसमा उनीहरुलाई दक्ष बनाउन बौद्धिक क्षमता अनुसार रिभिजन तथा प्रोजेक्टहरुको व्यवहारीक अभ्यासमा जोड दिन्छौं ।  अर्को प्रमुख विषय भनेको हामी कलेज भित्र हैन धेरै भन्दा धेरै समय कलेज बाहिर सम्बन्धित विषय अनुसार देश तथा बिदेशका विभिन्न स्थानमा पुर्‍याई प्राक्टिकल ज्ञान दिने कुरालाई प्राथमिकतामा राखेका छौं । यस पटक देखि फिल्ड स्टडीलाई नयाँ ढंगले लाने विषयमा योजना बनिरहेको छ ।
प्राविधिक शिक्षाको लहरसँगै पढ्नका लागि भारत जाने क्रमले नेपाली गुणस्तरलाई चुनौति दिएको हो ?
पक्कै पनि विगतलाई हेर्दा भारत प्राविधिक विषयमा अघि थियो तर ग्लोवलाइजेसनको यो दौडमा प्रविधिसँग प्रतिष्पर्धा गर्न सकेन भने प्राविधिक शिक्षा सँधै पछि पर्छ । हामी विद्यार्थीहरुलाई खुला रुपमा भन्छौ, आउनुहोस हाम्रो देशका कलेजहरुको प्राविधिक ल्याब हेर्नुहोस । हामी न त गुणस्तरमा कम्प्रमाइज गछौं न त दक्ष अध्यापकमा ।

तर अझै पनि भारत जाने क्रम रोकिएको छैन नि ?
यसको  प्रमुख कारण देशको राजनीतिक अवस्था हो । विगत लामो समयदेखि नेपालको राजनीतिमा देखिएको अस्थिरताले  विद्यार्थीहरुमा एक हदसम्म निराशा देखिएको थियो । बन्द र हडतालले ४ बर्षको कोर्ष पुरा हुन ५ बर्ष भन्दा अधिक लाग्दथ्यो। तर अब स्थिति सहज छ । गुणस्तरीय शिक्षाका लगि भारत जानु आवश्यक छैन ।

अन्त्यमा विद्यार्थीहरुका लागि के भन्न चाहनुहुन्छ ?
प्राविधिक शिक्षाको भविष्य कति उज्वल छ भन्ने वारेमा विद्यार्थीहरुले आफैं धेरै कुरा बुझिसकेका छन् । विकासको गतिमा रहेको नेपालमा त अझ अवसरहरु भरपुर रहेका छन् । मल्टिनेशनल कम्पनिहरु पनि भित्रिने क्रममा छन् । हामी शिक्षामा गुणस्तरसँग कुनै सम्झौता गर्दैनौ । विद्यार्थीहरुलाई राम्रो अध्ययन गरेर मात्र कलेज छनौट गर्न म आग्रह गर्दछु। विद्यार्थीहरु आफै पनि समझदार छन् । मलाई आशा छ विद्यार्थीहरुले पनि गुणस्तरीयता अध्ययन गरेर मात्र कलेजको छनौट गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.