विराटनगर । अरनिको आवसीय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ । कलेजमा अध्यनरत २३ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरको कञ्चनजङ्गा होटेलमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाको चिनो प्रदान गरी ९ सय २५ जना विद्यार्थीलाई बिदाई गरेको हो ।

कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरियो। कलेजमा भएको आन्तरिक खेलकुद तथा हिसान खेल महत्सवमा विजेता खेलाडीलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की, सस्थापक निर्देशकहरु डा. भविन्द्र निरौला, विकाश खनाल, प्रध्यापकहरु विमल भट्टराई र अरुण कोइरालालगायतले विद्यार्थीलाई शुभकामना दिएर विदाई गरे ।

त्यस्तै कलेजका विद्यार्थी विभषना किरण रेग्मी र विवेक रौनियारले कलेजका वितेका दुई वर्षको अनुभव सुनाएका थिए । विद्यार्थीले नृत्य, गायनलगायत मनोरञ्जनका कार्यक्रम गरेका थिए ।