प्रधानमन्त्री प्रचण्डलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

प्रधानमन्त्री प्रचण्डलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे छ । आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस गर्नुभएको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत खसेको हो । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।

मतविभाजन प्रक्रियामा जम्मा दुई सय ६८ सांसद सहभागी थिए । बैठकमा सभामुख देवराज घिमिरेले मत विभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त भएको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्रीले यही फागुन २१ गते नयाँ सत्ता गठबन्धन बनाएपछि उहाँलाई समर्थन गरेको दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । प्रधानमन्त्री प्रचण्डले १५ महिनामा तेस्राे पटक विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.